९ मंसिर २०८१, आईतवार
कोहलपुर खानेपानीको चुनाव,त्रिपक्षिय प्रतिस्पर्धा : मनोनयन दर्ता (नामावलि सहित)

  • टाइम्स संवाददाता

  • ५ श्रावण २०८०, शुक्रबार १८:०६

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिकामा रहेको कोहलपुर साना खानेपानी तथा सरसफाई उपभोक्ताको श्रावण १२ गते हुने निर्वातनका लागि आज शुक्रबार मनोनयन दर्ता कार्यक्रम सौहार्द वातावरणमा सम्पन्न भएको छ । मनोनयन दर्ता पश्चात अव हुने निर्वाचनमा त्रिपक्षिय प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

यस अघि नेपाली काङ्ग्रेसका तर्फबाट टेक नारायण भुषालको नेतृत्वमा र साझा समाबेशि रुद्र प्रसाद खनालको नेतृत्वमा प्यानलको घोषणा गरि उम्मेदवारी घोषणा गरेका थिए । आज शुक्रबार बिष्णु प्रसाद तिवारीको नेतृत्वमा स्वतन्त्र प्यानल बनाई उम्मेदवारी मनोनयन दर्ता गरेपछि त्रिपक्षिय प्रतिस्पर्धा हुने देखिएको हो ।

नेपाली काँग्रेसको तर्फबाट टेक नारायण भुषालको नेतृत्वमा प्यालन सहित उम्मेद्वारी घोषणा गरिएको छ भने नेकपा एमाले, नेकपा माओबादि केन्द्र, नेकपा एकिकृत समाजबादि र राप्रपाले गठबन्धन गर्दै रुद्र प्रसाद खनालको नेतृत्वमा उम्मेदवारी घोषणा गरेको छ ।

नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिले आयोजना गरेको उम्मेद्वारी घोषणा सभाबाट अध्यक्षमा टेक नारायण भुषाल, उपाध्यक्षमा बिर बहादुर विष्ट, सचिवमा गोविन्द वाग्ले, कोषाध्यक्षमा धुव्र आचार्य, सह–सचिवमा ईश्वर शर्मा, सह–कोषाध्यक्षमा बालकुमारी सापकोटा, सदस्यहरुमा झग्गु वली, गंगा सापकोटा तथा चक्रदिप शाह छन् ।

साझा समाबेशि प्यानलका तर्फबाट अध्यक्षमा रुद्र प्रसाद खनाल,उपाध्यक्ष यम बहादुर रावत,सचीव रामकृष्ण पान्डे,सह सचिव यशोदा थापा, कोषाध्यक्ष नारायणी वलि,सह कोषाध्यक्ष रेशम सापकोटा,खुल्ला सदस्यहरुमा केशवराज पोख्रेल,दुर्गा प्रसाद काफ्ले चन्द्र ब.जिसि,महिला सदस्य अन्जना सुनार र मेनुका न्यौपाने छन् ।

यसैगरि स्वतन्त्रतर्फबाट अध्यक्षमा बिष्णु प्रसाद तिवारी, उपाध्यक्ष मोहन प्रसाद चापागाई, सचिव संजय मण्डल, कोषाध्यक्ष शिबराज पोख्रेल, सह कोषाध्यक्ष अमृत बहादुर श्रेष्ठ र सदस्यहरुमा कमल प्रसाद खनाल, जित बहादुर चौधरी, कासिराम घिमिरे र खिमसरा बिरकट्टा रहेका छन ।

आज जम्मा ३२ जनाले मनोनयन दर्ता गरेकोमा एक अध्यक्ष पदका लागि ३ जना, एक उपाध्यक्ष पदका लागि ४ जना, एक सचिवका लागि ३ जना, एक कोषाध्यक्षका लागि ३ जना, खुल्ला सदस्य ३ जनाका लागि ९ जना र २ महिला सदस्यका लागि ५ जनाको मनोनयन परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

Nabintech