९ मंसिर २०८१, आईतवार
कोहलपुर खानेपानी चुनाव : भुषाल नेतृत्वले सार्वजनिक गर्यो आफनो प्रतिबद्धता (प्रतिबद्धता जस्ताका तस्तै)

“शुद्ध, सफा र प्रशोधित पानी, युवा नेतृत्व र कोहलपुरमा सहज खानेपानी”


  • टाइम्स संवाददाता

  • ५ श्रावण २०८०, शुक्रबार १९:३१

कोहलपुर:बाँकेको कोहलपुरमा रहेको कोहलपुर साना शहरी खानेपानी तथा उपभोक्ता संस्थाको साउन १२ गते हुन गईरहेको निर्वाचनका लागि लोकतन्त्रिक प्यानलले आफ्नो निर्वाचन प्रतिवद्धता–पत्र सार्वजनिक गरेको छ छ ।

कोहलपुरमा शुक्रबार पत्रकार सम्मेलन गरी लोकतन्त्रि प्यालनबाट अध्यक्ष पदका उम्मेद्वार टेक नारायण भुषालले कोहलपुर बासीलाई स्वच्छ, सफा र प्रशोधित पिउने पानी उपलब्ध गराउने अभिप्रायका साथ “शुद्ध, सफा र प्रशोधित पानी, युवा नेतृत्व र कोहलपुरमा सहज खानेपानी” भन्ने मुल लक्ष्य रहेको बताएका छन् । साथै उनले संस्थाबाट प्राप्त हुने सेवा सुविधाको उपभोग नगर्ने प्रतिवद्धता जनाएका छन् ।

सो प्रतिवद्धता–पत्रमा खानेपानीको धारा जडान गरेका तर पिउनेपानी प्राप्त गर्न नसकेका उपभोक्ताका घरहरुमा अविलम्ब पानी पुरयाउने, थप १५ वटा डिप बोरिङ्ग र ५ वटा अभोर हेट पानी ट्याङ्की निर्माणका लागि पहल गरिन, गरिबीको रेखामुनि रहेका परिवार, मुक्तकमैयालाई सम्बन्धित निकायको सिफारिसमा औचित्यको आधारमा निःशुल्क धारा जडान गरिने उल्लेख गरिएको छ ।

साथै विगतमा भएको आर्थिक अनियमिततालाई छानविन गरी प्रतिवेदनमा दोषी ठहरिएकालाई कारवाही गरिने, धारा जडान भएका तर पानीको उपभोग नगरेर पनि विल उठेका उपभोक्ताको लागि स्थलगत अनुगमन गरी विल मिनाहा गरिने, बाटोको दुबैतर्फ पाइप लाइन विस्तार गरिनुका साथै प्रत्येक ३/३ सय मिटरमा कन्ट्रोलप्लेस राखिने तथा कुनै कारणबस पानीको आपुर्ति अवरुद्ध हुने भएमा उपभोक्तालाई विद्युतीय माध्यमबाट अग्रिम जानकारी गराउने प्रणलीको विकास गरिने बताईएको छ ।

कोहलपुरको खानेपानी समस्याको दीर्घकालिन समाधान गर्नका लागि भेरी बबई डाइभर्सन र राप्ती नदीको पानी कोहलपुरमा ल्याउन सम्बन्धित गौरवको आयोजना, खानेपानी मन्त्रालय र कोहलपुर नगरपालिकासँग आवश्यक समन्वय गरी कोहलपुरका सबै नागरिकको घर–घरमा हुने पिउने पानीको अभावलाई अन्त्य गर्ने लक्ष्यका साथ कार्ययोजना निर्माण गरिने अध्यक्ष पद्का उम्मेद्वार भुषालले प्रतिवद्धता जनाएका छन् ।

“पारदर्शिता, जवाफदेहिता, मितव्ययिता र आर्थिक सुशासन हाम्रा प्रमुख मुद्धा हुन” उनले भने “जनभावना अनुरुप सहभागितामूलक नीति निर्माण गरी आवश्यकताको आधारमा संस्थाको कार्यक्षेत्र विस्तार गर्नु हाम्रो अर्को लक्ष्य रहेको छ ।”

पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस बाँकेका उपसभापति कृष्ण कार्कीले कोहलपुरका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउनका लागि भुषाल नेतृत्वको टिमले काम गर्ने बताएका छन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस क्षेत्र नं. १ का सभापति पोषण केसीले पानी मानविय जीवनको आधारभूत पक्ष भएकाले जनतालाई सहज रुपमा पानी उपलब्ध गराउन सक्ने क्षमता भएको नेतृत्व आजको आवश्यक रहेको छ ।

कोहलपुर साना शहरी खानेपानी तथा उपभोक्ता संस्थाको साउन १२ गते हुन गईरहेको निर्वाचनका लागि लोकतन्त्रिक प्यानलको तर्फबाट अध्यक्षमा टेकनारायण भुषाल, उपाध्यक्षमा विर बहादुर विष्ट, सचिवमा गोविन्द वाग्ले, कोषाध्यक्षमा धुर्व आचार्य, सहसचिवमा बाल कुमारी सापकोटा, सह–कोषाध्यक्षमा इश्वर शर्मा रहेका छन् । त्यस्तै गरी सदस्यहरुमा झग्गु प्रसाद वली, चक्र दिप शाह, आशा घर्ती मगर, दिपा वस्नेत, टिकादेवि सुनार रहेकी छिन् ।

प्रतिबद्धता पत्र जस्ताको तस्तै

कोहलपुर बृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाको विकास र समृद्धिका लागि
लोकतन्त्रिक प्यानलको प्रतिवद्धता–पत्र
आदरणीय कोहलपुर नगरबासी आमाबुवा, दाजुभाइ दिदीबहिनी एवम् खानेपानी संस्थामा आवद्ध उपभोक्ता सदस्यज्यूहरु कोहलपुर बृहत शहरी खानेपानी तथा उपभोक्ता संस्था विगत लामो समयदेखि यस कोहलपुर सुन्दर नगरीमा सञ्चालनमा रहेको सर्वविदितै छ । कोहलपुर बासीलाई स्वच्छ, सफा र प्रशोधित पिउने पानी उपलब्ध गराउने अभिप्रायका साथ “शुद्ध, सफा र प्रशोधित पानी, युवा नेतृत्व र कोहलपुरमा सहज खानेपानी” भन्ने मूलनाराका साथ टेकनारायण भुषाल नेतृत्वको लोकतान्त्रिक प्यानल यही श्रावण १२ गते हुन गइरहेको कोहलपुर बृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाको निर्वाचनमा होमिएको जानकारी गराउन चाहन्छौँ ।

संस्थाले कोहलपुर नगरपालिकाको ७ वटा वडामा करिब ५ हजार २ सय धारा जडान गरी स्वच्छ पिउने पानी उपलब्ध गराउँदै आएतापनि अधिंकाश उपभोक्ताको धारामा पानी नआउने लगायतका अन्य जनगुनासो प्रति हामी संवेदनशील छौं । जन चाहना अनुरुप बाह्रै महिना शुद्ध एवम् प्रशोधित खानेपानी उपलब्ध गराउन नसक्नु संस्थाको मुख्य कमजोरीको रुपमा रहेको छ । पारदर्शिता, जवाफदेहिता, मितव्ययिता र आर्थिक सुशासनको प्रत्याभूतिको लक्ष्य युवा नेतृत्वबाट मात्र संभव छ भन्ने मान्यताका साथ लोकतान्त्रिक प्यानलले युवा उम्मेदवारहरुलाई अगाडि सारेको छ । जनभावना अनुरुप सहभागितामूलक नीति निर्माण गरी आवश्यकताको आधारमा संस्थाको कार्यक्षेत्र विस्तार गर्नु हाम्रो अर्को लक्ष्य रहेको छ । संस्थामा देखापरेका तमाम विकृति, समस्या तथा चुनौतीहरुलाई आत्मासाथ गर्दै टेक नारायण भुषाल नेतृत्वको लोकतान्त्रिक टिमका युवा, योग्य, कर्मठ इमान्दार उम्मेदवारहरुलाई मतदान गरी विजय गराउनहुन अपिल गर्दछौँ । हाम्रा प्रतिवद्धताहरु निम्नानुसार रहेका छन् ।

“लोकतन्त्रिक प्यालनबाट निर्वाचिन उम्मेद्वारले कुनै पनि प्रकारका आर्थिक सेवा सुविधा लिनेछैनौंं”
हाम्रा प्रतिवद्धताहरु

१.कोहलपुर नगरपालिकामा बसोवास गर्ने आम उपभोक्ताहरुको लागि शुद्ध, सफा र प्रशोधित पानी सहज रुपमा उपलब्ध गराउने व्यवस्था गरिनेछ ।
२.ठूलो क्षमताको अत्याधुनिक पानी ट्याङ्की निमार्ण गरी संस्थाको कार्यक्षेत्र विस्तार गरिनेछ ।
३.भेरी बबई डाइभर्सन र राप्ती नदीको पानी कोहलपुरमा ल्याउन सम्बन्धित गौरवको आयोजना,खानेपानी मन्त्रालय र कोहलपुर नगरपालिकासँग आवश्यक समन्वय गरी कोहलपुरका सबै नागरिकको घर–घरमा हुने पिउने पानीको अभावलाई अन्त्य गरिनेछ ।
४.दीर्घकालीन रुपमा कोहलपुरमा खानेपानीको अभाव हुन नदिन एक विज्ञ टोली निर्माण गरी दीर्घकालीन योजना ल्याइनेछ ।
५.कोहलपुर नगरपालिकाको स्थानीय सरकारसँग समन्वय गरी हरेक उपभोक्ताका घर–घरमा धारा जडान गर्ने व्यवस्थालाई सरल, सहज एवम् व्यवस्थित गरिनेछ ।
६.धारा जडान गरेका तर पिउनेपानी प्राप्त गर्न नसकेका उपभोक्ताका घरहरुमा अविलम्ब पानी पु¥याइनेछ ।
७.संस्था स्थापनाको समयमा रु. १,१०० तिरी संस्थाको सदस्यता लिएका सदस्यहरुको अभिलेख राखी धारा जडान गर्दा उक्त रकम घटाई निजहरुलाई धारा जडान गर्ने व्यवस्था मिलाइनेछ ।
८.धारा बिग्रिएर वा चुहावट भएर पानीको आपूर्तिमा हुने अवरोधको समस्यालाई निराकरण गर्न एक वडा एक प्राविधिक दक्ष जनशक्तिको मोडेललाई कार्यन्वयन ल्याइनेछ ।
९.आम उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी वर्षको दुई पटक वर्षा र हिउँदमा पानीको प्रदूषण जाँच गर्ने कार्य गरिनेछ ।
१०.उपभोक्ताको सुविधाको लागि घरबाटै पानीको शुल्क अनलाइनमार्फत बुझाउने व्यवस्थालाई पूर्णरुपमा कार्यन्वयनमा ल्याईनेछ ।
११. आगामी दिनमा संस्थाको क्षमता बिस्तार गरी थप १० हजार थानसम्म धारा जडान गर्ने कार्य अगाडि बढाइनेछ ।
१२. थप १५ वटा डिप बोरिङ्ग र ५ वटा अभोर हेट पानी ट्याङ्की निर्माणका लागि पहल गरिनेछ ।
१३. बिरामी, अशक्त, नाबालक, विद्यार्थी, जेष्ठनागरिक एवम् बटुवाहरुको लागि सार्वजनिक स्थलमा धारा जडान गरी निःशुल्क पानीको व्यवस्था गरिनेछ ।
१४.हरेक वडामा खानेपानीको पाईपलाइन विस्तारको कार्यलाई अगाडि बढाइनेछ ।
१५. गरिबीको रेखामुनि रहेका परिवार, मुक्तकमैयालाई सम्बन्धित निकायको सिफारिशमा औचित्यको आधारमा निःशुल्क धारा जडान गरिनेछ ।
१६. “स्वस्थ जीवनका लागि स्वच्छ खानेपानी” अभियानलाई प्राथमिकता दिईनेछ ।
१७. मौसम अनुसार धबतभच अययष्लिन बलम जभबतष्लन कथकतझ को व्यवस्था गरिनेछ ।
१८. पानीमा त्म्क् को मात्रा ध्ज्इ को मापदण्ड अनुसारको कायम गरिनेछ ।
१९. खानेपानीको नयाँ धारा जडान गर्नको लागि आवश्यक पर्ने सामग्रीहरुको खरिद सिन्डिकेट हटाई उपभोक्ता स्वयम्लाई खरिदको जिम्मा दिईनेछ ।
२०. खानेपानी सम्बन्धी पानीको शुद्धता, प्रयोग, चुहावट र यसको आवश्यक व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
२१. हाल संस्थामा कार्यरत कर्मचारीका विविध समस्याहरुलाई सम्बोधन गर्न एकविज्ञ समिति गठन गरी समितिबाट प्राप्त सुझावका आधारमा सो समस्याको हल गरिनेछ ।
२२. संस्थाभित्र भए गरेका विभिन्न गतिविधि एवम् लेखा सम्बन्धि गतिविधिहरु ६÷६ महिनामा सार्वजनिक गरिनेछ ।
२३. विगतमा भएको आर्थिक अनियमिततालाई छानविन गरी प्रतिवेदनमा दोषी ठहरिएकालाई कारवाही गरिनेछ ।
२४. धारा जडान भएका तर पानीको उपभोग नगरेर पनि विल उठेका उपभोक्ताको लागि स्थलगत अनुगमन गरी विल मिनाहा गरिनेछ ।
२५. बाटोको दुबैतर्फ पाइप लाइन विस्तार गरिनेछ र प्रत्येक ३÷३ सय मिटरमा कन्ट्रोलप्लेस राखिनेछ ।
२६.कुनै कारणबस पानीको आपुर्ति अवरुद्ध हुने भएमा उपभोक्तालाई विद्युतीय माध्यमबाट अग्रिम जानकारी गराउने प्रणलीको विकास गरिनेछ ।
उम्मेद्वारहरुको नामावली
अध्यक्षः टेक नारायण भुषाल
उपाध्यक्ष: विर बहादुर विष्ट
सचिव: गोविन्द वाग्ले
कोषाध्यक्षः धुर्व प्रसाद आचार्य
सह–सचिव: बालकुमारी सापकोटा
सह–कोषाध्यक्ष: इश्वर शर्मा
सदस्य : झग्गु प्रसाद वली
सदस्य: चक्र दिप शाह
सदस्य :आशा घर्ती मगर
सदस्य महिला: दिपा वस्नेत
सदस्य महिला: टिकादेवि सुनार

निर्वाचन प्रचार–प्रसार समितिको सचिवालय कोहलपुर, बाँके

Nabintech