९ मंसिर २०८१, आईतवार
प्रतिबद्धता पत्र सहित मतदाताको घर घरमा समावेशी प्यानलका उम्मेदवारहरू

“उपभोक्तालाई स्वच्छ पिउने पानीको सुनिश्चितता, सुशासनयुक्त संस्था सञ्चालन व्यवस्थापनको प्रतिवद्धता”


  • टाइम्स संवाददाता

  • ८ श्रावण २०८०, सोमबार १०:२०

  कोहलपुर बाँके:बाँकेको कोहलपुरमा रहेको कोहलपुर वृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाको साउन १२ गते हुन गइरहेको निर्वाचनका लागि समावेशी प्यानलका उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेका छन । खानेपानी संस्था आर्थिक सुशासन कायम गर्ने , आम कोहलपुर बासिलाई सुलभ मूल्यमा शुद्ध खानेपानीको व्यवस्थापन गर्ने लगायतमा मुद्दा बोकेर उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेका हुन ।

कोहलपुर वडा नं १० का मतदाता माझ पुगेर अध्यक्षका उम्मेदवार रुद्र प्रसाद खनाल लगायतको टोलीले कोहलपुर क्षेत्रको खानेपानी समस्या समाधान गर्न र कोहलपुर खानेपानी संस्थाको नेतृत्व गर्न आफू नेतृत्वको टिम सक्षम रहेको बताउँदै आफूहरूको प्यानल लाई मतदान गर्न आग्रह गरेको छ । उम्मेदवारको टोली सँग उपभोक्ताहरूले जडान भएका धारामा पानी नआउने समस्या छिटो भन्दा छिटो समाधान गर्न आग्रह गर्दै खनाल नेतृत्वको प्यान लाई बिजयी गराउने प्रतिबद्धता जनाएका थिए ।

समावेशी प्यानल “उपभोक्तालाई स्वच्छ पिउने पानीको सुनिश्चितता, सुशासन युक्त संस्था सञ्चालन व्यवस्थापनको प्रतिवद्धता” भन्ने नारा सहित चुनावी मैदानमा छ । अध्यक्षका उम्मेदवार खनालले कोहलपुर क्षेत्रको खानेपानीको समस्या समाधानका लागी गुरु योजना निर्माण गरि लागू गर्ने , जमिन मुनिको पनिको विकल्प स्वरुप भेरी बबई मान खोला ड्राइभर्सन  निर्माण गरि खानेपानीको दिगो व्यवस्थापन गरिने , मुख्य बजार क्षेत्रमा सडकको दुवै तर्फ खानेपानीको पाइप बिच्छाउने प्रतिबद्धता जनाएका छन ।

उनले आफूहरू ४ दलीय गठबन्धन गरेर चुनावी मैदानमा होमिएको भएपनि बिजयी भए पश्चात आम उपभोक्ताको हितमा खरो उत्रने तथा आर्थिक रुपमा मितव्ययिता अपनाई संस्थागत सुशासन कायम गरिने बताए । सो प्यानल बाट अध्यक्षका उम्मेदवार रुद्र प्रसाद खनाललाई चुनाव चिन्ह अङ्गुरको झुप्पा ,उपाध्यक्षका उम्मेदवार यम बहादुर रावत क्षेत्रीलाई चुनाव चिन्ह माछा , सचिव पदका उम्मेदवार राम कृष्ण पाण्डे लाई कुर्ची , कोषध्यक्ष पदका उम्मेदवार नारायणी वलीलाई केराको बोट ( घरी सहित ) , सह सचिव पदका उम्मेदवार यशोदा थापालाई ताला चाबी , सह कोषध्यक्ष पदका उम्मेदवार रेशम लाल सापकोटा चुनाव चिन्ह फुटबल चिन्ह लिएर चुनावी मैदानमा छन । खुला सदस्यमा क्रमश केशव राज पोख्रेललाई काँइयो , दुर्गा प्रसाद काफ्लेलाई खरायो , चन्द्र बहादुर घर्तीलाई डोको चिन्ह सहित चुनावी मैदानमा छन । महिला सदस्यमा अन्जना सुनारलाई झोला , मेनका न्यौपाने आचार्य लाई भित्ते घडी चिन्ह रहेको छ ।

Nabintech