९ मंसिर २०८१, आईतवार
ट्रयाक बाहिर गएको खानेपानीलाई ट्रयाक भित्र ल्याई छोडने

खानेपानीका हरेक योजना सञ्चालन गर्नुपुर्व ५ जनाको बिज्ञ टोलि बनाई कार्ययोजना बनाई कार्यान्वनमा ल्याईने


  • टाइम्स संवाददाता

  • ८ श्रावण २०८०, सोमबार १५:१९

कोहलपुर,बाँके:कोहलपुर ११ बाँकेमा रहेको कोहलपुर बृहत खानेपानी तथा सरसफाई उपभोक्त संस्था ट्रयाक बाहिर गई सकेको भन्दै समाबेशि प्यानलका अध्यक्ष पदका उम्मेदवार रुद्र प्रसाद खनालले बेथीति, बिक्रितिको अन्त्यसंग देखिने गरि सुसाशन कायम गर्न आफुले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन ।

आज कोहलपुर २ मुक्ति चोकमा घरदैलो अभियानका क्रमम अध्यक्षका उम्मेदवार खनालले यस्तो बताएका हुन । उनले आफनो जिवन कालमा यो अवसरबाट राजनैतिक करियर समेत शुरु हुने भन्दै गैर जिम्मेवारीपुर्ण कुनै काम पनि नगर्ने बताएका छन ।

संस्थाभित्र देखिएका गञ्जागोल हिसावलाई समेत पारदर्शि तवरले आम उपभोक्तामाझ ल्याउने भन्दै सञ्चालक समितीलाई बिभिन्न नाममा दिईदै आएको सेवा सुबिधाहरु न्यायसंगत रुपमा कटौति गर्ने आफनो पहिलो निर्णय हुने बताएका छन ।

मानव जिवनमा अत्याबस्यक पदार्थ खानेपानीमा आम उपभोक्ताको सहज र सरल रुपमा स्वच्छ र सफा पानीमा पहुच प्रयाउदै ५ हजार १ सय बहत्तर घुधुरीलाई निश्पक्ष सेवा चुस्त र दरुस्त सेवा दिने गरि कार्ययोजना बनाई कार्यान्वयणमा समेत लैजाने आफनो सोच रहेको बताए ।
पानीमा समेत राजनिती गरेर यस अघिको कार्यसमितीले सेवा विस्तार गर्न नसकेको संस्थामा चरम आर्थिक अपचलन गरेको र बिधि प्रक्रिया बिना ठुला ठुला खर्च समेत गरेको भन्दै आर्थिक मितब्यता कायम गर्न आफनो टिमले घनिभुत रुपमा कार्य गर्ने सोच बनाएको बताए ।

स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारसंगको समन्वयमा खानेपानीको दिर्घकालिन समस्या समेत सम्बोधन गर्न आफनो नेतृत्वले संस्थाको हालको संस्थागत ऋणलाई समेत किस्ता किस्तामा भुक्तानि गरिने भन्दै अध्यक्ष खनालले वडाहरुमा सेवा बिस्तार गरिने समेत जिकिर गरे ।


संस्थागत रुपमा दिर्घकालिन समस्या समाधानका लागि भेरी बबई डाईभर्सन जस्ता महत्वका योजनाहरु अघि सारिने, उपभोक्ताका समस्या समाधान गर्न हेल्प डेस्क स्थापना गरि समस्या पहिचान र समाधान गरिने, हरेक बर्ष पारदर्शिरुपमा साधारण सभा गरिने भन्दै पाँच जनाको बिज्ञ टोलि बनाई सेवा बिस्तारका योजनाहरुको पहिचान गरिने समेत आफुहरुको प्रतिबद्धता रहेको अध्यक्षका उम्मेदवार रुद्र खनालले बताए ।

यहि १२ गते हुने कोहलपुर बृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा एक स्वतन्त्र समुह अन्य दुई समुह राजनैतिक दल संबद्धका प्यानल खडा गरि निर्वाचणको चरणमा होमिएका छन ।

Nabintech