९ मंसिर २०८१, आईतवार
कोहलपुर १३ बिगाहको गेट अख्तियारले छानबिन गर्नुपर्छ: अधिकारी

  • टाइम्स संवाददाता

  • ८ श्रावण २०८०, सोमबार १७:११

कोहलपुर :कोहलपुर नगरपालिका १३ बिगाहमा निर्माण गरिएको गेटको अख्तियारले छानबिन गर्नुपर्ने भन्दै लुम्बिनी प्रदेश सभा सदस्य बसन्ति अधिकारीले स्थानिय सरकारको कार्यक्षेत्रमा बिभिन्न संरचना बनि सक्दा पनि स्थानिय सरकारले आफुहरुलाई थाहा नभएको भन्ने अभिब्यक्ति आउनु गैर जिम्मेवारीको पराकाष्ठा भएको बताईन ।

उनले कोहलपुर वडा नं. २ का वडा अध्यक्ष हरि कठायतले सबै जस लिंदै असार ७ गते डोज्जर सहितको फोटो आफनो फेसबुक वालमा पोष्ट गर्दै कोहलपुर नगरपालिका वडा नं. २ को १३ बिगाहमा राष्ट्रिय खेलकुद परिषदबाट बिनियोजित १० लाख रकम मेयर पुर्ण प्रसाद आचार्यको राय सल्लाहमा मिनि रंगशालाको अबधारणमा भन्दैनिर्माण कार्यको थालनि भएको उल्लेख गरेका थिए । तर जनस्तरबाट ब्यापक आलोचना र सस्तो प्रचार गरेको भन्दै आरोपका बर्षाहरु आउन थाले पछि वडा अध्यक्ष कठायत र मेयु पुर्ण आचार्यले आफनो बचाउ गर्दै खण्डन सम्म गर्न भ्याएका छन ।

हरी कठायतले आफैले हालेको फेसबुक स्टाटस प्रति नै प्रश्न उठने गरि कोहलपुर नगर पालिकाको बेज्जत गर्नै उद्देश्यले नियोजित रुपमा भिम उपाध्ययलाई गलत रिपोर्ट दिएको बताएका छन्। यस्तो रिपोट अरु कोहिले दिएको नभएर स्वयम हरि कठायतको स्टाटसले दिएको बिश्लेषकहरु बताउछन ।

कोहलपुर नगरपालिका वडा नंः २ स्थित तेह्र बिघाहा खेलमैदानमा निर्माण भएको गेट राष्ट्रिय खेलकुद परिषद केन्द्रीय कार्यालय त्रीपुरेस्वर काठमाण्डौंबाट परिषदका सदस्य सचिब ज्युले कोटेसन मार्फत को.न.पा.२ प्रेमनगर निवासी बखत ब.शाहीको लाइसन फमलाइ कोटेशन मार्फत कार्यआदेश दिएर पठाइ सो गेट निर्माण भएको वडा अध्यक्ष कठायतले बताए । यद्यपि यस अघि असार ७ गते उनले आफु र मेयरको पहलकदमी भन्दै आएका थिए । “निर्माणमा कोहलपुर नगरपालिकाको कुनै पनि खालको संलग्नता नरहेको ब्यहोरा सम्पूर्णमा जानकारी गराउदछु उनले अगाडि भनेका छन ।

कोहलपुर नगरपालिकाको कार्यक्षेत्रभित्र यत्रो संरचना बनि सक्दापनि स्थानिय सरकारलाई थाहा नहुनु र वडा अध्यक्षले पहिले जस लिने होडबाजि गर्नु र पछि हैन भन्नुले कार्य प्रकृती हेर्दा कतै अनियमितताको छल छाम त हैन प्रश्न खडा भएको छ ।

यद्यपि मेयर आचार्यले  समेत हामिले यो बजेट कहाबाट कसरि आयो भनेर बुझ्दै गर्दा राखेपले सोझै कोटेसन सगै कार्यादेश समेत दिएर पठाएको भन्ने बुझिएको छ । सम्बन्धित निकायले छानबिन गरोस र जो जो दोषि भेटिन्छ्न आवस्यक कार्वाहि गरोस भनेका छन ।

Nabintech