९ मंसिर २०८१, आईतवार
कार्यसम्पादन गर्ने क्रममा त्रुटि हुन्छन सच्च्याएर अगाडि बढन दृड छु : मेयर आचार्य

कोहलपुरको समग्र विकास निर्माणमा सबै पक्षलाई हातेमालो गर्दै अगाडि बढन आचार्यको आब्हान


  • प्रमोद रिजाल

  • ९ श्रावण २०८०, मंगलवार १९:५७

कोहलपुर,बाँके:कोहलपुर नगरपालिकाका नगर प्रमुख मेयर पुर्ण प्रसाद आचार्यले नगरका कतिपय कामका प्रक्रिति, निधि, बिधि र प्रचलित कानुन बमोजिम राम्रो काम गर्छु भन्दा भन्दै पनि मानविय स्वभावले त्रुटि हुन सक्ने भन्दै त्रुटि सच्च्याएर आफु अगाडि बढन दृड रहेको बताएका छन ।

आफु नगर प्रमुखमा बहाल भएको एक बर्षमा सम्पन्न गरेका काम, कर्तब्य र जिम्मेवारीको समिक्षा गर्दै मेयर आचार्यले आगामि दिनहरुमा त्रुटिरहित कार्य सम्पादनमा चनाखो भएर कार्यान्वयनमा लाग्न आफुले चौतर्फि राय सल्लाह लिईरहेको भन्दै आज कोहलपुरमा उपलब्ध पत्रकारहरुमाझ त्रुटि सच्च्याएर अघि बढने दृडता रहेको जिकिर गेका हुन ।

नगर प्रमुखको हैसियतमा रहदा कानुन निर्माण, प्रशासनिक काम देखि विकास निर्माणका कामहरु समेत गर्नुपर्ने प्राबधानले आम जनताहरु सन्तुष्ट हुन नसक्ने कुरा स्विकार्दै नगर प्रमुख आचार्यले तीन तहका सरकारको कार्य क्षेत्र एकै हुने तर प्रदेश र संघिय सरकारका केहि विकास निर्माणका बिषय बस्तुहरु नगरलाई थाहा नहुने तर निर्माण सम्पन्न भई सकेपछि अपजस बेहोर्नु परेको तितो अनुभव आफुसंग रहेको समेत बताए ।

शिक्षा, स्वास्थ्य, पर्यावरण तथा सेवामुलक जस्ता मुलभुत एजेण्डाहरुमा गत एक बर्षमा थुप्रै काम भएको तर कतिपय कानुन नै नबनेको परिप्रेक्षमा बर्तमान स्थानिय सरकारले कानुन निर्माण गरि कार्यान्वयनमा ल्याएकाले अबका दिनहरुमा काम गर्न सहज हुने कुरामा जोड दिए । संघ र प्रदेश सरकारले बजेट कटौति गरेर पठाएको भएपनि गत आर्थिक बर्षको तुलनामा यस बर्ष हरेक वडाहरुलाई ६० प्रतिशत बजेट बृद्धि गरि पठाईएको भन्दै नगर प्रमुख आचार्यले वडाहरुलाई नै अधिकार सम्पन्न गराई विकास निर्माण तथा अन्य सेवाहरुलाई चुस्त दुरुस्त पार्ने काममा नगर प्रतिबद्धरहेको चर्चा गरे ।

कोहलपुर नगरपालिकाद्धारा निर्माण गर्ने भनिएको सञ्चारकर्मिहरुका लागि सञ्चार ग्राम बनाउने योजना बारे के छ भन्ने सञ्चारकर्मिहरुको प्रश्नमा नगर प्रमुख आचार्यले कोहलपुरमा संचारग्राम बनाउनेबारे आफु प्रतिवद्ध रहेको जनाउदै पत्रकारहरुको बृहत भेलाबाट निर्णय भई आएको खण्डमा स्थानीय सरकारले संचारग्राम बनाउनका लागि श्रोतको ब्यवस्थापन गर्ने बताए ।

नगरमा हरेक क्षेत्रमा पारदर्शिरुपमा आबश्यक कर्मचारीको पदपुर्ति गरिदै आएको स्मरण गर्दै मेयर आचार्यले कोहलपुर नगरपालिकाले गरेका सम्पूर्ण कार्यहरुको सुक्ष्म रुपमा अध्ययन गरी खबदारी गर्न समेत संचारकर्मीहरुलाई आग्रह गरे ।

कार्यकाल एक बर्ष पुरा हुदै गर्दा आर्थिक बर्ष ०८० र ०८१ का लागि निति कार्यक्रम तथा बजेट समेत तयारी अबस्थामा रहेको भन्दै मेयर आचार्यले नगरबाट हुने कार्यहरुको आलोचनात्मक, रचनात्मक राय सल्लाह र खबरदारीलाई आफुले सकारात्मक तवरले लिने बताए ।
नगरपालिका भनेपछि सबैको आशाको केन्द्र समेत रहने चर्चा गर्दै मेयरको तोक आदेशमा दिने रकम कलम घटाएर ५००० कायम गरिएको रत्यो पनि सम्बन्धित वडाको औचित्य सहितको सिफारीसमा मात्र प्रदान गरिने गरेको बताए ।

करीव ९९ लाख सम्मका योजनाहरु उपभोक्ता मार्फत गर्न सकिने भए पनि १० लाख भन्दा माथिका योजनाहरु सम्भव भए सम्म टेण्डर प्रक्रियाबाटै गर्ने गरेको बताउदै मेयर आचार्यले जुन सुकै प्रक्रियाबाट गएपनि आफुले सोचे जस्तो फियर फिगर भने आउन नसकेको चर्चा गरे ।
नगरले यस आर्थिक बर्षदेखि शिक्षण सहजकर्ताको अबधारणामा शिक्षक छनौट गर्ने कार्यबिधि निर्माण गरि कार्यान्वयनको चरणमा पुगेको स्मरण गर्दै शिक्षण सहजकर्ता छनौटमा समेत नितिगत मापदण्ड, बिज्ञ टोलि तथा बिषय बिज्ञहरु सम्मेलित समुहले तयार गर्ने प्रश्न पत्रलाई केन्द्रिकृत गरि निश्पक्ष परीक्षा सञ्चालनमा बिशेस किसिमको परिक्षा पत्र र परीक्षा प्रणाली अगाडि ल्याएको बताए ।

नगर प्रमुख आचार्यले कोहलपुरको समग्र विकास निर्माणमा सबै पक्षलाई हातेमालो गर्दै अगाडि बढन आफु तत्पर रहेको भन्दै संभव भए सम्म प्रत्यक महिना वा त्रैमासिक रुपमा पत्रकार भेटघाटको कार्यक्रमको आयोजना गरि जनमानसमा उब्जिएका प्रश्नहरुको जवाफ समेत दिने कुरामा जोड दिए ।

 

 

 

Nabintech