९ बैशाख २०८२, मंगलवार
बुक फ्री डे तक्षशिलामा आज साईबर क्राइम सम्बन्धि अनुशिक्षण सम्पन्न

  • टाइम्स संवाददाता

  • १२ श्रावण २०८०, शुक्रबार १८:१७

कोहलपुर,बाके :  बाकेको कोहलपुरमा रहेको तक्षशिला एकेडेमिमा कक्षा ११ र १२ का बिद्यार्थीहरुलाइ आज एक दिवसीय( साइबर क्राइम) बिधुतिय अपराध समन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक सन्जालको प्रयोग र दुरुपयोगबाट हुने अपराध एव हिंसा बारेमा प्रशिक्षण कोहलपुर इलाका प्रहरी प्रमुख सुन्दर तिवारिले दिनु भएको थियो। प्रशिक्षणबाट बिधुतिय अपराध , लैङ्गकि  हिंसा , सामाजिक रुपमा पर्ने असर तथा सुरक्षाका बारेमा जानकारी पाइएको सहभागी बिद्यार्थीले बताए।

भर्खर एस इ इ उतिर्ण भइ कलेज पढ्ने बिद्यार्थीहरुलाइ सुसूचित एव सचेतना होस भन्ने उदेश्यले कार्यक्रम गरिएको बिद्यालयको प्रीन्सिपल मुकुन्द्र बिक्रम शाहले बताए। तक्षशिला एकेडमी अध्यनका अलाबा विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आइरहेको छ।

छात्रा छात्रहरुलाइ निरन्तररुपमा बाह्य ज्ञान तथा ब्यवहारिक शिक्षा र प्रत्येक शुक्रवार पुस्तक बिहिन शिक्षा (फ्राइडे बुक फ्री डे)दिने उदेश्य रहेको बिधालयका अध्यक्ष बिष्णु प्रसाद बेल्बासेले बताए।

Nabintech