९ मंसिर २०८१, आईतवार
पानीको पायप बिस्तार नै नगरि २ पटक उदघाटन गरिएको नयाँ बसपार्कको यो हविगत

कोहलपुर बिच बजारमा निर्माण भएको मृत्यु बारका कारण एक जनाले मृत्यु बरण गरिसकेका छन


  • बिकल भट्टराई

  • १४ श्रावण २०८०, आईतवार ०८:१२

कोहलपुर,बाँके:कुनै पनि योजना बनाउनुपुर्व त्यहाँ प्रयोग हुने आधारभुत आबश्यकता समेत मध्य नजर गरि बिद्युत, खानेपानी , टेलिफोन ईन्टरनेटका लाईन बनाईनु पर्नेमा ति संरचना नबनाई गौरवका योजनाहरु निर्माण सम्पन्न पश्चात पुन भत्काएर कुरुप पार्दै कोहलपुरको मुटुमा बनेको नयाँ बसपार्कभित्र अहिले धमाधम पिच खन्ने कार्य भईरहेको छ ।

बसपार्क शौचालय सहित अत्याधुनिक बन्यो, ठेक्का समेत लागिसकेपछि खानेपानीको पायप भने बिस्तार गर्न चुकेको नगरपालिकाले अहिले पुन पानीका लागि भन्द पिच नै कुरुप पार्दै खन्न थालेपछि फेरी पनि सर्बत्र आलोचना हुन लागेको हो ।

कोहलपुर नगरपालिकामा निर्माण सम्पन्न भई दुई दुई पटक सम्म उट्घाटन भएको आधुनिक सुविधा सम्पन्न कोहलपुरको नयाँ बसर्पाकमा खानेपानीको व्यवस्थापन नगरीकोमा पसलका व्यापारीहरुले ब्यापकरुमा बिरोध जनाएपछि नगरपालिकाले उपभोक्ता समिति गठन गरि रु १०लाखको बजेटमा खानेपानीको व्यवस्थापन गर्न लागेको हो ।

संरचना बनाउदा सामान्य बिषयलाई नजर अन्दाज गरिदा जनताको करको समेत दुरुपयोग बढदै गएको कोहलपुर नगरमा बनिसकेको संरचना भत्काउदा १० लाख खर्च गर्नुपर्ने अबस्था ल्याउने दोषि को हो नगर विकास कि नगरपालीका भन्दै सामाजिक सञ्जालमा समेत चर्को बिरोधहरु भईरहेका छन ।

 

स्मरण रहोस यस अघि समेत कोहलपुर बिच बजारमा अदालतमा समेत मुद्धा रहेको योजनामा बनेका बोट बिरुवाहरु उखेलेर फालिएको थियो भने त्यस स्थलमा फलामका बार बनाएर मृत्यु मार्ग समेत निर्माण भईसकेको छ । यस मार्गमा कुनै पनि दुर्घटना भए त्यहि बारका कारण पनि कयौंले ज्यान गुमाउनु पर्नेछ १ महिना अघि त्यसै ठाउमा भएको बाईक दुर्घटनामा १ जनाले ज्यान गुमाई सकेका छन ।

Nabintech