कोहलपुर,बाँके:बाँकेको कोहलपुरमा रहेको कोहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा निर्वाचित भएका लोकतान्त्रीक प्यानलका पदाधिकारीहरुले आज कोहलपुर खानेपानी कार्यालयको प्रांगणमा सपथ तथा पदभार ग्रहण गरेका छन ।
१२ गते सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा निकटतम प्रतिद्धन्द्धीलाई १९७ मतले पछि पार्दै लोकतान्त्रीक प्यानलका टेकनारायण भुषाल बिजयी भएका थिए। उपाध्यक्षमा बिर बहादुर विष्ठ ११४१, सचिवमा गोविन्द वाग्ले १०५६, कोषाध्यक्षमा धुर्व आचार्य ११४३, सहसचिवमा बालकुमारी सापकोटा ११३४ र सहकोषाध्यक्षमा ईश्वर प्रसाद शर्मा ११६५ मतकासाथ बिजयी भएका थिए ।
सदस्यहरुमा झग्गु प्रसाद वलीले ९९२, चक्रदिप शाहले ९९६, आशा घर्ति मगरले ९९४ तथा महिला सदस्यमा दिपा कुमारी बस्नेतले १११६ र टिकादेवी सुनारले १०५२ मत प्राप्त गर्दै बिजयी भएका थिए ।
विजयीहरुलाई आज आयोजित कार्यक्रममा निर्वाचन अधिकृत एबं कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले सपथ खुवाएका छन ।
सपथ लगत्तै निर्वतमान अध्यक्ष नर बहादुर मल्लले नवनिर्वाचित अध्यक्ष टेक नारायण भुषाललाई पद समेत हस्तान्तरण गरेका छन । मल्लले कार्यालयको माईन्युट सहितका कागजात हस्तान्तरण गर्दै आफनो पदभार सुम्पिएका हुन ।
सपथ तथा पदभार ग्रहण कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई नगर प्रमुख पुर्ण प्रसाद आचार्य, नेपाली काङग्रेसका जिल्ला सभापति नारायण गौडेल, नेकपा एमालेका नगर अध्यक्ष नम प्रसाद शर्मा, नेकपा माओबिदीका नगर अध्यक्ष अबराज खडका र राप्रपाका नगर अध्यक्ष रुद्रमणि न्यौपाने, निवर्तमान अध्यक्ष नर बहादुर मल्लले कोहलपुर खानेपानीमा चुनौतिका चाँङ भएको औंल्याउदै उपभोक्ताहरुलाई शुद्ध, स्वच्छ पानी वितरणमा महत्वपुर्ण भुमिका खेल्न शुभकामना सहित सफल कार्यकालको कामना समेत गरेका थिए ।
फोटो: धना / रबिन्द्र