कोहलपुर,बाँके: राणाशासन कालदेखि पंचायत कालसम्मको अवधीमा प्रचलनमा आएको धरमभकारीको प्रचलन अहिले हराउदै गएको छ । बिशेष गरेर ग्रामिण क्षेत्र त्यसमा पनि अझै तराईका थारु समुदायभित्र रहेको धरमभकारीको प्रचलन नया ब्यवस्था परिबर्तन भएसंगै बिलय भएको हो । खास गरेर बाढी डुवानका कारण होस वा बर्षातको समयमा पानी नपरेर सुख्खा हुदाका बखत होस वा कुनै धानबालीमा लाग्ने महामारी रोगका कारण धानबाली नहुने अवस्था होस त्यस्तै महामारीले निम्त्याएको भोकमरीलाई टार्ने बलियो माध्यम वा भोकमारीलाई टार्ने आधार भनेको धरमभकारी हो ।
जसका कारण भोकमरीमा परेमा मानिसहरुलाई महङगो ब्याजमा ऋण लिएर भोकमरी टार्नुपर्ने समस्या थिएन । गाउँमा रहेर खेती गर्ने जमिन्दार र किसानहरुले कुनै भवितब्यका कारण भोकमरीबाट जोगाउन र जोगिने भनेर १ बिगाहा खेत जोत्नेले १ मन धान अर्थात २०किलो धरमभकारीमा जम्मा गर्थे त्यसमा जमिन्दार र किसान सवैले त्यहि अनुपातमा जम्मा गर्थे र सबैले जम्मा गर्दा १५ देखि २० क्यिुन्टल धान जम्मा हुन्थ्यो र त्यसलाई राख्नको लागि बाँस वा नर्कटको भखारी बनाएर राख्ने गर्दथे, राख्दा क कस्को कति आयो भनेर टिपोट पनि गर्दथे त्यसरी धरमभकारीमा जम्मा भएको धान जस्को घरमा भोकमरीको समस्या हुन्छ त्यसैले सापटीको रुपमा लिने र भोकमरीको समस्या टार्ने प्रचलन थियो । अर्को बर्ष आफुले धरमभकारीबाट लिएको धानमा क्वीन्टलमा १ मन थपेर दिन्थे उनीहरु लाई कुनै अन्य महङ्गो ब्याज तिर्नुृपर्दैनथ्यो । त्यस प्रचलनले सहजरुपमा गर्जोटार्ने कामगरेको स्मरण बुढापाकाहरु संग अहिलेपनि ताजैछ । बाँकेमा साबिक बानियाभार गा.बि..।हुदा कोहलपुर क्षेत्रका आसपास थारुगाउहरुमध्ये अकल घरुवा,रझेना,मैटहवा नौवस्ता लगायतका गाउहरुमा धरमभकारी राख्ने गरेको कोहलपुर ५ रझेना थारुगाउका गोकुल थारुले स्मरण गरे ।
उनले भने धरमभकारीको प्रचलनले कुनैपनि मानिस भोकमरीमा पर्नु पर्दैनथ्यो सहज रुपमा आफ्नो परिवार लाई पुग्ने धान धरमभकारीबाट लिन पाईन्थ्यो र अर्को बर्ष धानकै सिजनमा ईमान्दारिपुर्वक तिर्ने गरिन्थ्यो त्यसखालको प्रचलनले महङ्गो ब्याजमा ऋणलिने र चर्को ऋणका कारण झन गरिवीतिर धकिलिने अवस्था आउदैन्थ्यो । अहिले त्यो प्रचलन हरायो कसैको घरमा भोकमरीको समस्या भएमा ब्यक्ति,सहकारी संघसंस्थाहरुबाट ब्याजमा ऋण लिएर गर्जो टार्ने काम गर्छन,गर्जो त टर्छ तर ब्याजले टुपी कटाएको थाहै हुदैन यस बारेमा गोकुल थारुलाई राम्रै हेक्का रहेछ । यस्तै यस्तै गर्जो टार्नका लागि मानिसहरु मिटर ब्याज लगायत बिभिन्न माध्यमबाट ऋण लिने गरेको र तिर्न नसकेर छटपटाईरहेको पनि समाचारमा सुन्न र हेर्न पाईन्छ यस्ता घट्नाहरु हेर्दा पुरानो धरमभकारी जस्तो प्रचलनको याद आउछ गोकुलको भनाई छ । यो बर्ष पानी परेको छैन सुख्खा हुने अवस्थाछ भोकमरी त पर्छ नै तर केगर्ने ऋण्ँ साहु गरेर पनि आफ्नो जोहो गर्नुपर्ने बाध्यता छ रझेना गाउकै जोगीलाल थारुले भने उनका अनुसार पहिले मानिसको दुखमा साथ दिएपछि धर्म हुन्छ भन्ने मान्यता थियो र धर्म कमाउन लाई पनि धरमभकारीको सुरुवात भएका थिए ।
धेरैको अभाव पुर्ती हुन्थ्यो अबका मानिसहरुमा धर्म होईन स्वार्थ मात्र छ पुरानो धरमभकारीको चलनले मानिसलाई गरिबी हुनबाट रोकने काम गथ्र्यो तर अहिलो त्यो प्रचलन लोप भएर गयो । थारु लोक साहित्य र थारु संस्कृतिमा बिद्यावारिधी गर्नुभएका डा.कृष्णराज सर्वहारीका अनुसार राणाशासन कालमा सुरुभएको धरमभकारीको प्रचलन २०४६ साल अघि नै अन्त्य भएको हो । धर्म कमाउनका लागि जमिन्दार,बड्घरहरुले अन्न दान गरेर धरमभकारीमा राख्ने चलन थियो । संगसंगै ऐलानी जग्गामा सामुहिक खेती गरेर उब्जनी भएको धान पनि धरमभकारीमा राख्ने चलन थियो सायद त्यो प्रचलन नहराएको भए अहिले यती धेरै थारुहरु कमैया बन्ने अबस्था आउदैनथ्यो । धरमभकारी प्रचलनको बिकसित रुप भनेको नै सहकारी संस्था हो ।
धरमभकारीको अन्त्य भयो र सहकारी संस्थाहरुको जन्म भयो र नाफामुलक कार्यमा संस्थाहरु लाग्न थाले डा.सर्वहारीको भनाई अनुसार धरमभकारीको प्रचलनले भोकमरीको समस्या मात्र टारेको थिएन यसले गाउघरमा कसैको बिवाहवारी,पुजाआजा मरु बरु जस्ता कार्यमा पनि धरमभकारीकै सहयोगबाट गर्जो टारिन्थ्यो,। धरमभखारीको बारेमा जानकार थारु कल्याणकारिणी सभाका केन्द्रीय उपमहामन्त्री एवं गुठी संस्थानका पुर्व अध्यक्ष मिनराज चौधरीले भन्नुभयो धरमभखारीको प्रचलनले मानिसहरुमा सहयोगी र भावनात्मक एकतामा जोड दिएको थियो धरमभकारीको प्रचलनले भोकमरी परेको बेलामा आवश्यकता अनुसार अन्न लिने र अर्को बर्ष पुरताल गर्ने कुनै ब्याज दिनुपर्र्दैन्थ्यो बर्दियाको पाताभार,उल्टनपुर गाउमा धरमभखारी भएको र अली पछिसम्म पनि त्यस गाउमा धरमकारी रहीरहेको स्मरण गर्नु भयो ।
धरमभकारी तराई मात्र थिएन पहाडी क्षेत्रमा पनि यसको प्रचलन थियो तर पाहाडी क्षेत्रतिर पनि यो प्रचलन लोप भएको छ । त्यही पुुरानो प्रचलनको बिकसित रुपका आधारमा कतिपय ठाउहरुमा घुुम्ती कोष,सहायता कोष,मानव सेवा कोष जस्ता कोषहरु संचालन नभएका होइनन् संचालनमा छन तर ती कोषहरुबाट निशुुल्क वा र्निब्याजका रुपमा सहयोग पाईदैन ब्याज तिर्नैपर्छ । अझै पनि स्थानिय पालिका वा वडापालिकाहरुले यस्ता खालका प्रचलनलाई पुर्नजिवित गर्नसके मानव सहयोग र मानव धर्म हुनुुका साथै गरिब र बिपन्नहरुलाई ठुुलो राहत मिल्ने बुुढापाकाहरुको भनाई छ ।