९ मंसिर २०८१, आईतवार
रास्वपाको कोहलपुरमा पार्टि कार्यालय स्थापना (फोटो फिचर)

  • टाइम्स संवाददाता

  • २० श्रावण २०८०, शनिबार १४:११

  कोहलपुर,बाँके:राष्ट्रिय स्वतन्त्र पार्टीले आफनो आधिकारीक कार्यालय आज शनिबार कोहलपुरमा बिधिवत उद्धघाटन गरेको छ ।पार्टी कार्यालयको उद्घाटन लुम्बिनी प्रदेश महामन्त्री तथा संगठन विभाग प्रमुख निलराज अधिकारीले कोहलपुर नगरपालिका वडा नम्बर ११ को फुलबारीटोलमा बिधिवत रुपले पार्टि कार्यालयको उद्धघाटन गरेका हुन् ।

पार्टी कार्यालयको उद्घाटन गर्दै रास्वापा लुम्बिनी प्रदेश महामन्त्री तथा संगठन बिभाग प्रमुख निलराज अधिकारीले स्वतन्त्र पार्टी जनतालाई देखिने गरि परिवर्तन गर्न जनतामाझ आएको भन्दै परिवर्तन सम्भव भएको र त्यो पनि हाम्रै पालामा हुनेमा विश्वास ब्यक्त गरे । स्थानिय स्तर देखि सिंगो देशको विकास गर्दै देश परिवर्तनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी जनताको आशाको केन्द्र भएको बताए । उनले बोल्ने कम काम बढि गर्ने बेला आएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी अन्य पार्टि जस्तो सपना मात्र बाँडने पार्टि नभएको जिकिर गरे ।

पार्टि कार्यालय उदघाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति भरत पनेरुले पार्टिको संरचना, सदस्यता पाउने योग्यता, क्षमता र पार्टिका बिभिन्न बिभागहरुका बारेमा समेत चर्चा गरेका थिए ।


राष्ट्रिय स्वतन्त्र पार्टीका राजेन्द्र श्रेष्ठ, शिब पोखरेल,शिबलाल पाण्डे लगायत नेता कार्यकर्ताहरुको उपस्थितीमा आयोजित कार्यक्रमको सञ्चालन लुम्बिनी प्रदेश संगठन विभाग सचिव सी.एम. उपाध्यायले गरेका थिए ।

Nabintech