१० मंसिर २०८१, सोमबार
कालिखोलामा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

  • टाइम्स संवाददाता

  • २३ श्रावण २०८०, मंगलवार ०७:०८

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६  स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले अनुसार मंगलबार बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको जानकारी दिए। पहिरो पन्छाउने तयारी भइरहेको उनले बताए। पहिरोका कारण सडक अवरुद्ध भएसँगै सवारीसाधन रोकिएका छन्।

यो सडकखण्डमा पटक–पटक पहिरो खस्दै आएको छ। पहिरो हटाउन समय लाग्न सक्ने  भएकाले यो सडक भएर सकेसम्म यात्रा नगर्न प्रहरीको अनुरोध छ । नारायणगढ–मुग्लिन सडक खण्डमा पानी पर्नासाथ पहिरो जाने गरेको छ । यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

Nabintech