२४ पुष २०८१, बुधबार
नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध सीआईबी अपरेसन- थप २ ‘डाक्टर’ पक्राउ, समातिनेको संख्या ७ पुग्यो

  • टाइम्स संवाददाता

  • २६ श्रावण २०८०, शुक्रबार ०८:२३

काठमाडौं: नक्कली शैक्षिक योग्यता प्रमाणपत्रका आधारमा चिकित्सक बनेको आरोपमा थप दुईजना पक्राउ परेका छन्।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाडौंस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेको सीआईबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गएराति काठमाडौंबाट पक्राउ गरिएको हो। योसँगै नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ। यसअघि बिहीबार सीआईबीले ५ जनालाई पक्राउ गरिसकेको छ।

सो प्रकरणमा बिहीबार ‘चिकित्सक’हरू रामबाबु यादव, रञ्जित यादव, एलिना साह र अमित चौधरी तथा नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्मा पक्राउ परेका हुन्।  नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध सीआईबीले अपरेसन अभियान सञ्चालन गरिरहेको छ।

Nabintech