९ मंसिर २०८१, आईतवार
नेपालगंज बाणिज्य संघको निर्वाचन कस्को होला पल्लाभारी ?

बढदै चुनावी सरगर्मी


  • टाइम्स संवाददाता

  • २६ श्रावण २०८०, शुक्रबार ११:५९

नेपालगंज: आगामी भदौ २ गते हुने उद्योग बाणिज्य संघको निर्वाचन नजिकिदै गर्दा नेपालगंजमा चुनाव सरगर्मी बढेको छ । यति बेला चुनाबी मैदानमा साझा प्रजातान्त्रिक प्यानल र समावेशी प्यानल चुनावी प्रतिस्पर्दामा उत्रिएका छन । साझा प्रजातान्त्रिक प्यानलको नेतृत्व ललित कुमार रौनियारले गरेका छन भने समावेशी प्यानलको नेतृत्व टंक बहादुर धामीले गरेका छन ।

अहिले दुवै प्यानल आ(आफ्नै चुनावी अभियानमा सक्रिय छन । रौनियार पटक पटक बाणिज्य संघको निर्वाचनमा उम्मेदवार हुँदै आएको र अहिले सम्म अध्यक्ष पदमा निर्वाचित हुन नसकेको भन्दै उद्योगी व्यवसायी पनि यति बेला रौनियारको पक्षमा खुलेका देखिदैनन । उद्योगी व्यवसायिकहरुको हक हितमा काम गर्ने संस्थाको रुपमा रहेको संघले नेतृत्व सक्षम, निरडर, योग्य र व्यापारी उद्योगीहरुको पक्षमा काम गर्ने नेतृत्व चाहिएको व्यापारीहरु बताउछन ।

यति बेला नेपालगंजतिरको चुनावी सारगर्मी हेर्ने हो भने यस पटक पनि समावेशी प्यानल लाई नै उद्योगी ब्यापारीहरुले मतदान गर्ने देखीन्छ । नेपालगंज बजार क्षेत्रमा अधिकांश व्यापारीहरुले टंक बहादुर धामी नेतृत्वको समावेशी प्यानललाई मतदान गर्ने बताउने गरेका छन । बाणिज्य संघमा बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, जानकी गाउँपालिका, राप्तिसोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका र डुडुवा गाउँपालिकाका उद्योगी व्यापारीहरु मतदाता रहेका छन । सबै क्षेत्रको मत सर्वेक्षण गर्दा यस पटक पनि टंक बहादुर धामी नेतृत्वको समावेशी प्यानलले नै माझि मार्ने देखिन्छ । ग्रामिण भेगमा टंक बहादुर धामी निकै लोक प्रिय देहिएका छन ।

समावेशी प्यानल लाई जिताउन संघका पुर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, नन्दलाल बैश्य र अध्यक्ष अब्दुल मन्सुरीले समेत टंक धामीलाई निर्वाचित गर्न लागिरहेका छन । समावेशी प्यानल र साझा प्रजातान्त्रिकका उम्मेदवारहरु व्यापारीहरु सँग भेटघाट तथा भोट मागि रहेका छन । रौनियार लाई कमजोर उम्मेदवारका रुपमा व्यापारीहरुले चित्रण गरिरहेका छन कति पय व्यापारीहरुले आफ्नो मत जित्ने उम्मेदवार लाई दिने भोट खेर नफाल्ने मनस्थितिमा रहेको मतदाता रहेको नाम उल्लेख नगर्ने सर्तमा एक व्यापारीले बताए । यसपालि पनि समावेशी प्यानल उद्योगी व्यापारीहरुको रोजाइरहेको छ ।

समावेशी प्यानल टंक बहादुर धामी नेतृत्वमा उपाध्यक्ष ९उद्योग०तर्फ चिरञ्जीवि ओली, उपाध्यक्ष ९वाणिज्य० तर्फ हरिलाल न्यौपाने, उपाध्यक्ष महिलातर्फ मन्दिरा पाण्डे, महासचिवमा भीम बहादुर रानाभाट, उपमहासचिवमा मदनराज शर्मा, कोषाध्यक्षमा सलाउद्दिन जसगढ र सदस्य पदमा इन्दिराकुमारी शाही, तोप बहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धिबहादुर दियाली, सुदन केसी, शिवराज बर्मा, धर्मेन्द्र सिंह ठटेर, जमालुदिन अन्सारी, टिकामणि उपाध्याय, डम्बर चन्द रहेका छन ।

Nabintech