नेपालगन्ज:प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० बाट नेपाल टेलिभजन कोहलपुर प्रमुख विजय बर्मा सम्मानित भएका छन । प्रेस युनियन बाँकेको १२ अधिबेशनका अवसरमा बर्मालाई रु २१ हजार १ सय ११ राशि सहित सम्मानित गरिएको हो । प्रेस युनियन बाँकेले आफ्ना संस्थापक स्व. पन्नालाल गुप्तको सम्मानमा यो पुरस्कारको स्थापना गरिएको हो ।
बर्मालाई नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर, बाँके जिल्ला सभापति नारायण गौडेल, युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले संयुक्त रुपमा २१ हजार १ सय ११ राशिको चेक तथा दोसल्ला कदरपत्रले सम्मान गरेका हुन । २०५२ देखि पत्रकारीता पेशामा सक्रिय बर्मा नेपालगन्जका बारेमा बढी चासो राखेर अनुसन्धानमुलक आलेख लेख्न रुचाउछन । यस अघि नपाल पत्रकार महासंघका पुर्व केन्द्रिय अध्यक्ष धमेन्द्र झा समेत यस पुरस्कारबाट सम्मानित भई सकेका छन ।
यसै गरि कृष्णराज अधिकारीलाई ‘उदीयमान पत्रकारिता–पुरस्कार २०८०’ प्रदान गरिएको छ । अधिबेशनमा प्रेस युनियन बाँकेले अग्रज पत्रकारहरु हेमन्त कर्माचार्य, प्रेम के.सि, श्रीराम सिग्देललाई समेत सम्मान गरेको छ ।