१२ मंसिर २०८१, बुधबार
करेन्ट लागेर बाँकेमा एक जनाको मृत्यु, दाङमा खोलाले बगाउदा एक बेपत्ता

  • टाइम्स संवाददाता

  • २८ श्रावण २०८०, आईतवार १४:५५

नेपालगन्ज:दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका–११ झमरेका ६४ वर्षीय तिलकराम विकलाई पत्रे खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक ९डीएसपी० राजनकुमार गौतमले जानकारी दिनुभयो ।

विकलाई घर नजिकै रहेको पत्रेखोलाले आज आइतवार बिहान बगाएको हो । ‘घरमा शौचालय नभएका कारण विक शौच गर्न सधैँ खोलामा जाने गर्ने गरेका थिए, त्यही क्रममा आज खोलामा गएको समयमा उहाँकलाई बगाएको भन्ने खुलेको छ’, डीएसपी गौतमले भन्नुभयो ।अहिले बेपत्ता विकको खोजीका लागि प्रहरी परिचालन भएको छ ।

यसैगरि  नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ स्थित एकलैनी मोड नजिक गुप्ता भाडा पसलका प्रो• फुल चन्द गुता को आज आइतबार बिहान ६ बजेतिर करेन्ट लागेर मृत्यु भएको छ । घरको इनेवट्र बनाउने क्रममा करेन्ट लागेर अन्दाजी ४५ वर्षीय फुल चन्द गुप्ताको मृत्यु भएको हो ।

आइतबार बिहान करीब ६ बजेतिर घरको इनेवट्र्को तार निकालने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उपचारको क्रममा नेपालगन्ज भेरी अञ्चल अस्पतालमा उनको मृत्यु भएको उनको छोरा सहिल गुप्ताले जानकरी दिए । उनको अन्तिम संस्कार हिन्दु परम्परा अनुसार स्थानीय बुलबुलिया समसान भुमीमा आजै ४ बजे गरिने परिवारिक स्रोतले जनाएको छ

Nabintech