१२ मंसिर २०८१, बुधबार
कोहलपुरमा बोल बम पदयात्रा

बोल बम यात्राले विवाहित महिलाले श्रीमानको दीर्घायु तथा अविवाहित महिलाले सुयोग्य वर प्राप्ति हुने विश्वास


  • टाइम्स संवाददाता

  • २९ श्रावण २०८०, सोमबार १४:५४

कोहलपुर,बाँके: अर्चना बाबा धाम बाँकेको आयोजनामा ”हत्या हिंसा त्यागौं सत्यको मार्ग पहिल्याऔ” भन्ने सत्य बचन सहित कोहलपुरमा बोल बम पदयात्रा कार्यक्रम सम्पन्न गरिएको छ । कोहलपुर सुकुम्वासिटोलमा रहेको श्री पिण्डेश्वर शिवलक्ष्मि ज्योर्तिलिङ्ग अर्चना बाबा धामका श्रद्धालु भक्तजनहरुले आज श्रावणको अन्तिम सोमवार पारेर फलफुल कलश सहित कोहलपुरका बिभिन्न भागमा बोल बम,  बोल बम भन्दै नगरको परिक्रमा गरेका थिए । १३ विगाह हुदै आएको बोल बमका श्रद्धालुहरुले कोहलपुर वसपार्क, चौराह, न्युरोड, गोलपार्क दशबिगाह हुदै मन्दिर परिसर सम्म बिभिन्न धार्मिक नारा लगाउदै हात हातमा कलश सहित नगर परिक्रमा गरेका थिए ।

हिन्दु संस्कार र संस्कृतीको जर्गेना गर्दै सनातन हुन्दु धर्मको संरक्षण प्रर्बद्धन गर्दै देवताका देव आरध्यदेव महादेवको स्तुती गाईने यस श्रावण महिनाको भिन्नै महत्व भएकाले बोल बम कार्यक्रमको आयोजना गरिएको अर्चना बाबा धाम मन्दिर सञ्चालक समितीले जनाएको छ ।

सोमवार व्रत बसेर महादेवको पूजा–आराधना गरे मनोकांक्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वासुाथ बोल बम पदयात्रामा आएको पदयात्रि महिलाहरुले कोहलपुर टाईम्सलाई बताए । ३०० बढि महिला, युवती सहित अन्य पुरुष धर्मालम्विहरुको समेत हसभागिता रहेको बोल बम यात्राले विवाहित महिलाले श्रीमानको दीर्घायु तथा अविवाहित महिलाले सुयोग्य वर प्राप्ति हुने विश्वास समेत लिएका छन ।

Nabintech