९ मंसिर २०८१, आईतवार
सबैको रोजाईमा समावेशी प्यानल

  • टाइम्स संवाददाता

  • ३१ श्रावण २०८०, बुधबार १२:२१

नेपालगन्ज: ‘‘उद्योगी, व्यवसायीकोे एकता, समावेशी प्यानलको पहिचान ” भन्ने मुल नारा बोकेर उद्योग वाणिज्य संघको आगामी २ भदौमा हुने निर्वाचनका लागि समावेशी प्यानलले १७ बुँदे प्रतिबद्धता सहित चुनावी मैदानमा होमिएको छ । पछिल्लो समयमा बाँकेका अधिकांश उद्योगी व्यवसायीहरुको मुखबाट समावेशी प्यानलको विकल्प नरहेको प्रतिक्रिया आइरहेको छ ।

उक्त प्यानले हरेक प्रतिबद्धता सबाट सुरु गरेको छ ।व्यवसायी करको सामान्य जानकारी नभएका कारण पनि धेरै व्यवसायीहरु समस्यामा पर्ने गरेका छन् । कर शिक्षाको अभावमा उद्योगी व्यवसायीलाई आन्तरिक राजस्व कार्यालय , वाणिज्य कार्यालय, राजस्व अनुसन्धान कार्यालय, भन्सार कार्यालय, स्थानीय तह जस्ता नियमनकारी निकायबाट बेला बेलामा दुःख दिने काम भएको छ । सदस्यहरुलाई नियमित रुपमा करदाता शिक्षा र कर सम्बन्धी व्यवस्थाबारे संघले अभिमुखीकरण गर्नेछ । कर शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि उक्त प्यानलले बढाउने बताएको छ ।

टंक बहादुर धामी नेतृत्वमा रहेको समावेशी प्यानलमा अधिकांश उम्मेदवारहरु दक्ष, अनुभवी, निडर, व्यवसायीका हकहितका लागि लड्न सक्ने भएको हुदा यो प्यानलले जित हासिल गर्ने र व्यवसायीहरुको रोजाइमा परेको होटल व्यवसायी गर्दै आइरहेका लक्ष्मण भट्टराईले बताए ।

Nabintech