१० मंसिर २०८१, सोमबार
मनकारी वडाध्यक्ष रिजाल आफनै ब्यक्तिगत खर्चमा शुरु गरे सुत्केरी कोशेली कार्यक्रम

महिलाहरुले वडाको टिम आफनो घर आगनमा आएर गरेको सहयोगले माईतीको न्यानो माया प्रदान गरेको भन्दै हर्ष बिभोरको भाव ब्यक्त


  • बिकल भट्टराई

  • १ भाद्र २०८०, शुक्रबार २०:२१

कोहलपुर,बाँके : बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष माधव रिजालले आफनो ब्यक्तिगत खर्चमा आफनो वडामा सुत्केरी कोशेली कार्यक्रमको शुरुवात गरेका छन । शुक्रवार वडा नं. ३ मा श्रावण महिनाभरी सुत्केरी भएका महिलाहरु तथा नवजात शिशुको स्वास्थ्य सुधारका निमित्त वडा अध्यक्ष ,सदस्य तथा  स्वास्थ्यकर्मिहरु सहितको टोलीले सुत्केरी महिलाका घरमै पुगेर सुत्केरी कोशेली कार्यक्रम अन्तरगत सुत्केरीलाई पोषण सामाग्रि एबं स्वास्थ्य सामाग्रि वितरण गरेका हुन ।

सुत्केरीलाई अण्डा, तेल, मसला, सेनेटरी प्याड,साबुन एबं नवजात शिशुलाई नरम तौलिया,नेलकट लगाएतका सामाग्रि सहित सुत्केरीका घरमा पुगेको टोलिले सुत्केरी महिला तथा नवजात शिशुको स्वास्थ्य चेकजाँच गर्नुका साथै उनीहरुको तौल नापजाँच प्रेसर सुगर जस्ता स्वास्थ्य सम्बन्धित चेकजाँच गर्दै सचेतना समेत प्रदान गरेको थियो ।

वडाका शान्तिनगर, गन्धेला, मदनचोक, शिव मन्दिर लगाएत टोलमा पुगेर ९ जना सुत्केरी महिलाहरुलाई उनीहरुको परिवारको रोहवरमा सामाग्रि वितरण गर्दै टोलिले सुत्केरी तथा नवजात बच्चाको हेरविचारमा बिशेष चासो दिन समेत परिवारहरुलाई आग्रह गरेको थियो ।
सो अवसरमा बोल्दै वडा अध्यक्ष माधव रिजालले आफुमा समाजमा आफनै लगानिमा केहि गरौं भन्ने हुटहुटीका कारण यो सानो सहयोगको शुरुवात गरेको बताउदै अवका चार बर्ष सम्म सुत्केरी कोशेली कार्यक्रमलाई निरन्तरता दिने बताए ।

उनले हरेक महिनाको अन्त्यमा वडामा सुत्केरी भएकाहरुको तथ्यांक स्वास्थ्य स्वयसेविका मार्फत संकलन गरि कोशेली वितरणलाई निरन्तरता दिने आफनो सोच रहेको प्रष्ट  पारे । सो अवसरमा आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख लोकेन्द्र प्रसाद अधिकारीले सुत्केरीहरुलाई नवजात शिशुलाई दुध चुसाउने बैज्ञानिक तरीका, कति समय सम्म सम्म चुसाउने भन्नेबारे सचेत पार्दै दिनको कम्तिमा १५ पटक र निरन्तर ६ महिनासम्म आमाको दुध मात्र सेवन गराए बच्चाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताएका थिए ।

उनले कुनै पनि समस्या आए निर्धक्क स्वास्थ्यकर्मिहरुसंग सल्लाह परामर्श लिन नहिच्किचाउन भन्दै स्वास्थ्य संस्था सम्म आएको खण्डमा समेत आफुहरुले बिशेष निगरानिका साथ उपचारमा सहयोग गर्ने बताए । सुत्केरी कोशेली ग्रहण गर्दै सुत्केरी महिलाहरु लक्ष्मि बैगार, पुष्पा गौतम,सपना खनाल, कमला भट्टराई, सम्झना भण्डारी लगाएत ९ जना महिलाहरुले वडाको टिम आफनो घर आगनमा आएर गरेको सहयोगले माईतीको न्यानो माया प्रदान गरेको भन्दै हर्ष बिभोरको भाव ब्यक्त गरेका थिए ।

सुत्केरी कोशेली लिएर वडाबाट वडा अध्यक्ष माधव रिजाल, वडा सदस्यहरु रेखा सुनार,खुमा चन्द, कालिराम थारु र हरिलाल जैशि, वडा सचिव प्रकाश खत्रि स्वास्थ्यकर्मिहरु लोकेन्द्र प्रसाद अधिकारी, निरुता के.सि. र ज्योति रिजाल सुत्केरीका घर आगन सम्म पुगेका थिए ।
वडा नं. ३ का वडा अध्यक्ष रिजालले सरकारबाट आफुले पाउने मासिक पारीश्रमिक तथा भत्तालाई जनताकै सुख दुखमा खर्च गर्दै आएका छन । समाजसेवा गर्न निस्केको एक जनप्रतिनिधी हु आफना वडावासिको सुख दुख मेरो हो मैले साटासाट गर्दै आएको छु र गर्नेछु उनले भने ।

Nabintech