९ मंसिर २०८१, आईतवार
लामो दुरीको बसपार्क सञ्चालनमा आएपछि मध्य तथा छोटो दुरीको बसपार्क सन्नाटामा

असार १९ गते दर्ता भएको निबेदन उपर कुनै कारवाहि गरेन नविस र नगरपालिकाले


  • प्रमोद रिजाल

  • २ भाद्र २०८०, शनिबार १९:१०

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा अत्याधुनिक भनिएको लामो दुरीको बसपार्क शुक्रबार देखि उदघाटनको झण्डै ४० दिनपछि संचालनमा आएपछि नयाँ बनेको बसपार्कमा यतिबेला चहलपहल शुरु भएको छ । बसपार्क भित्र टेण्डर मार्फत ब्यापार ब्यवसायका लागि टहरा भाडामा लिएकाहरुको पनि विस्तारै ब्यापार ब्यवसाय बढदै गएको बताएका छन ।

बसपार्कको समग्र व्यवस्थापनको जिम्मा पाएको बागेश्वरी यातायात व्यवसायी प्रा.लि.ले लामो दुरीका गाडिमात्र छुटाउने गरि जिम्मा पाएको भएपनि आज शनिवार मध्य तथा छोटो दुरीका सवारी साधनहरुलाई समेत नयाँ बसपार्कमा प्रबेश गराउन मुल सडकमा कर्मचारी नै खटाई अनिवार्य रुपमा भित्र पस्नुपर्ने मात्र नभई पार्किङ नै गराएपछि मध्य तथा छोटो दुरीको बसपार्कमा भने सन्नाटा छाएको छ ।

नगर विकास समितीको गुरुयोजनामै मध्य तथा छोटो दुरीको बसपार्क भनेर उल्लेख गरिएको पुरानो बसपार्कमा कुनैपनि सवारी साधन प्रबेश गर्ने र छुटने ब्यबस्था नभएपछि सुनसान बनेको स्थानिय ब्यापारीहरु बताउछन । यस अघि लामो दुरीका मात्र सवारी साधन मात्र ब्यबस्थापन, सञ्चालन र चलानिका लागि प्रयोगमा ल्याउने भनेपनी मध्य तथा छोटो दुरीका सवारी साधनहरुले समेत नयाँ बसपार्क नै प्रयोगमा ल्याएपछि मध्य तथा छोटो दुरीको बसपार्क सुनसान भएको हो ।

मध्य तथा छोटो दुरीको बसपार्क वरीपरि नगर विकास समितीबाट जग्गा खरिद गरि करोडौंको लगानिमा घरहरु निर्माण गरि होटल तथा अन्य ब्यबसायहरु सञ्चालन गर्दै आएका स्थानियहरु मध्य तथा छोटो दुरीका सवारी साधनहरुलाई समेत नयाँ बसपार्कबाट सञ्चालनमा ल्याएपछि यतिबेला आक्रोश पोख्न थालेका छन । भब्य सपिङ मल निर्माण गर्ने भन्दै एक बर्ष अघि अस्थाई टहरा भत्काईएको भएपनि अहिले सो बारे स्थानिय सरकार र नगर विकास समितीले कुनै पनि चासो नदिएपछि स्थानियहरु आफुलाई सडक सम्म ल्याउन राजनैतिक चलखेल भएको आरोप लगाउन थालेका छन ।

टहरा भत्काउदा सर्वदलिय निर्णय भन्दै आएका दलहरु अहिले मध्य तथा छोटो दुरीका सवारी साधनहरुले समेत नयाँ बसपार्कबाटै सेवा दिने गरि गएपछि सबै राजनैतिक मिलिभगत भन्दै आक्रोशित भएका हुन ।

स्थानिय सरकार प्रमुख र राजनैतिक दलका अर्कमण्यताका कारण हामीलाई धोका भयो अन्नपुर्ण होटलका प्रोप्राईटर राम प्रसाद हमाल बताउछन । नयाँ बसपार्क उदघाटनका बखत आफुले मुख्य मन्त्रि डिल्लि बहादुर चौधरीसंग आफना कुरा राख्न खोज्दा आयोजकले प्रहरी लगाएर आफुले बोल्न पाउने अधिकार समेत दवाएको उनको आरोप छ ।

प्रदेश सांसद देखि स्थानिय स्तरमा समेत बिभिन्न माग सहितको पत्र बुझाउदा समेत कुनै सुनुवाई नभएको भन्दै प्रोपाईटर हमालले स्थानिय सरकार र नगर विकास समिती कानमा तेल हालेर बसेको बताउछन । उनका अनुसार हमालले असार १८ गते नगर विकास समिती तथा नगर प्रमुखलाई सम्बोधन गर्दै न्याय पाउ भन्ने पत्र दर्ता गरेको भएपनि सो बारे कुनै सुनुवाई नभएको पाईएको छ ।

मध्य तथा छोटो दुरीको बसपार्क करिव २ बिगाह क्षेत्रभित्र बस्ने स्थानियहरुले आफु ब्यबसाय बिमुख हुने भन्दै आफनो परिवारको लालन पोषण मात्र नभई बैंकको कर्जा तिर्न समेत समस्या हुने उल्लेख गर्दै कोहलपुर नगरपालिकामा दर्ता नं.४०५० मा र नगर विकास समितीमा उक्त निबेदन दर्ता भएको भएपनि कुनै सुनुवाई हुन नसकेको प्रति स्थानियहरुले दुख ब्यक्त गरेका छन ।
उनीहरुले राजनैतिक दलहरुले आफुहरुलाई भोट बैंकको रुपमा प्रयोग गरेको र यस्तो अन्याय हुदा समेत कोहि पनि चुईक्क बोल्न नसकेको आरोप लगाएका छन ।

युवा मेयरले त न्याय देलान भन्ने आश थियो उनले झन हामीलाई घर न घाटको बनाउदै सडक सम्मको यात्रा तय गर्नमै उद्धत भएका छन हामी ७६ जनाले दिएको सामुहिक निबेदनलाई समेत वेवास्ता गर्नेबाट अव आश गर्ने अवस्था हराएको उनीहरुको आरोप छ । असार १९ गते नम प्रसाद शर्मा, बिनोद पौडेल,छविलाल भट्टराई, तेज प्रसाद शर्मा,हेम विक्रम जि.सि.,ठाकुर खनाल,राम प्रसाद हमाल,रमेश मल्ल लगाएत ७६ जनाले संयुक्त रुपमा निवेदन पेश गरेको भएपनि कुनै सुनुवाई नभएको पाईएको हो ।

 

Nabintech