२१ कार्तिक २०८१, बुधबार
गौ बधका बिरुद्ध कोहलपुरमा प्रर्दशन, धर्म निरपेक्षता खारेजको माग

नेपालमा पछिल्लो समय अतिवादिहरुले गौ हत्याका श्रीखलाबद्ध घटनाहरु घटाईरहेको भएपनि सरकार मुकदर्शक


  • टाइम्स संवाददाता

  • ३ भाद्र २०८०, आईतवार २०:०४

कोहलपुर,बाँके:धर्म बिरोधिहरुले देशका बिभिन्न भागमा गौ बध गरेको बिरुद्धमा आज आईतवार कोहलपुरमा बिभिन्न समुदायका ब्यक्तिहरुले बिरोध प्रर्दशन गरेका छन ।

राष्ट्रिय सनातन धर्म संस्कृति महासंघ नेपाल कोहलपुर बाकेको संयोजनमा राम जानकि गौशाला कोहलपुर,नेपाल गायत्रि परिवार कोहलपुर,बैष्णुव सनातन हिन्दु धर्म कोहलपुर,बिश्व हिन्दु परिषद कोहलपुर,ब्रम्हान समाज कोहलपुर,बैष्णुव परिषद कोहलपुर र प्रबुद्ध जेष्ठ नागरिक मञ्च कोहलपुरको आयोजनामा बृहत प्रर्दशन गरिएको राष्ट्रिय सनातन धर्म संस्कृति महासंघ नेपाल कोहलपुर बाकेका संयोजक प्रमात कुमार श्रेष्ठले कोहलपुर टाईम्सलाई जानकारी दिए ।

धर्म निरपेक्षता खारेज गर १ गौ हत्या बन्द गर १ गौ हत्यालाई कारवाही गर १ जस्ता नारा सहित निस्किएको हिन्दुहरुको रयालि कोहलपुरका बिभिन्न भागको परिक्रमा गर्दै गौ बध गर्नेलाई कडा कारबिहिको समेत माग राखेको थियो ।

नेपालमा पछिल्लो समय अतिवादिहरुले गौ हत्याका श्रीखलाबद्ध घटनाहरु घटाईरहेको भएपनि सरकार मुकदर्शक भएर बसेको भन्दै सहभागिहरुले सनातन हिन्दु धर्मका लागि निरन्तर संघर्ष गर्ने समेत बताएका छन । उनीहरुले नेपालमा जवरजस्त धर्म निरपेक्षता लादिएको भन्दै धर्म निरपेक्षता खारेजको समेत माग राखेका छन ।

सहभागिहरुले विश्वको मानचित्रमा हिन्दु धर्म बैज्ञानिक र समाजलाई अनुशासनमा बाँध्न सक्ने एक मात्र कशिको रुपमा विश्वले स्विकार गरिरहेको भन्दै विश्वले नै हिन्दु धर्म अंगिकार गरिरहेको बेला देशमा हिंसा हत्या र अशान्त राख्दै देश बर्बाद गर्ने तत्वहरुले सनातन हिन्दु धर्ममाथि निरन्तर प्रहार गरिरहको अव टुलुटुलु हेर्न नसकिने समेत चेतावनि दिएका छन । देश र धर्म बचाउन भन्दै आब्हान गरिएको गौ बधका बिरुद्ध आयोजित कार्यक्रममा सयौंको संख्यामा हिन्दु अनुनायीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा राम जानकि गौशाला कोहलपुरका अध्यक्ष डा. एकनाथ सापकोटा, धार्मिक ब्यक्तित्व एबं समाजसेवी, दिपेन्द्र बहादुर सिंह, नेपाल गायत्रि परीवारका खेम बहादुर रोका, धार्मिक एबं समाजसेवी डा. विजय प्रधान, बैष्णुव सनातन हिन्दु धर्मका पदम थारु, प्रबुद्ध जेष्ठ नागरिक मञ्चका लक्ष्मण आचार्य, धार्मिक एबं समाजसेवी आशा बिष्ट, राम जानकि गौशाला कोहलपुरका संरक्षक भोला आचार्य,विश्व हिन्दु परिषदका कृष्णा पाण्डे, बैद्धिक धर्म परिषदका तेजु भण्डारी, ब्रम्हान समाजका सर्दशन देवकोटा, शिव मन्दिरका गोविन्द ढकाल लगाएतले सनातन हिन्दु धर्म रक्षार्थ तमाम हिन्दुहरु शंघर्षमा उत्रिनुपर्नेमा जोड दिएका थिए ।

Nabintech