९ मंसिर २०८१, आईतवार
उद्योग वाणिज्य संघको सदस्य पदमा १० जना निर्वाचित

  • टाइम्स संवाददाता

  • ३ भाद्र २०८०, आईतवार २०:५६

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको सदस्य पदमा १० जना निर्वाचित भएका छन् । निर्वाचन समितिले दिएको जानकारी अनुसार सदस्य पदमा समावेशी समुहबाट ७ र साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहबाट ३ जना निर्वाचित भएका हुन् ।

निर्वाचित हुनेमा विष्णु श्रेष्ठ (१९८०), डम्बरबहादुर चन्द (१८३७), ईन्दिराकुमारी शाही (१८२०), शिवप्रसाद दाहाल(१८०५), तोपबहादुर थापा(१७२२), सुदन केसी(१७०१), टिकामणी उपाध्याय(१६०३), बुद्धिबहादुर बिके(१५९६), युवराज ढकाल(१५६५) र सन्तोषकुमार पौडेल(१५३१) रहेका छन् ।

यि मध्ये दाहाल, पौडेल र ढकाल साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहबाट चुनाव लडेका थिए, भने बाँकी समावेशी समुहका उम्मेदवार बनेका थिए । संघको नयाँ नेतृत्व चयन गर्नका लागि मतदान गराइएको थियो । संघको कुल ४ हजार ९ सय ३६ मतदाता रहेकोमा ४ हजार १ सय ३२ मत खसेको थियो ।

स्तुगततर्फ स्वतन्त्र उम्मेदवार किशन गुरुङ विजयी भएका छन् ।वस्तुगततर्फ २९ मत रहेकोमा स्वतन्त्र उम्मेदवार गुरुङ १६ मत ल्याई विजयी भएका छन् ।

त्यस्तै साझा प्रजातान्त्रिक प्यानलका हिमलाल पौडेल र विनय श्रेष्ठले समान १५÷१५ मत ल्याउँदै विजयी भएपनि उनीहरुले आधा–आधा कार्यकाल सम्हाल्ने निर्णय भएको छ ।

Nabintech