१० मंसिर २०८१, सोमबार
निकास विनाको नगर हल्का पानी पर्नासाथ डुवानमा

नाली निर्माण नगरी बाटो बनाईनुको प्रतिफल अहिले नगरको टाउन प्लानिङले भोग्दै


  • विकल भट्टराई

  • ४ भाद्र २०८०, सोमबार १६:४१

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा रहेको टाउन प्लानिङमा हल्का पानी पर्नासाथ डुवान हुने गरेको छ । टाउन भित्रको प्लानिङ नै अवैज्ञानिक भएका कारण पानी निकास हुन नसकेको स्थानियबासिहरु गुणासो गर्छन । नगर विकास समिती कोहलपुरले ब्यापार गर्ने उद्धेश्यले साना साना टुक्रा घडेरी बिक्रि बितरण गर्ने र उक्त साना टुक्रामा ठुला ठुला घरहरु बनेपछि पानी बत्ति तथा पानी निकासको समस्या पैदा हुदै आएको छ ।

बेला बेलामा नगर विकास समितीले नाला तथा बाटो निर्माणका नाममा बिद्युतका पोल समेत विचमा पारेर एक हाते कुलो निर्माण गर्ने गरेको छ , यो एक हाते कुलो समेत स्थानियका घरबाट आउने फोहरजन्य पदार्थले भरिदा पानी ओभर फल भएर कुलोदेखि माथि बग्ने गरेको गोलपार्कका स्थानिय लिलाराम देवकोटा बताउछन ।

मर्मतका नाउमा झारा टार्ने काम हुन्छ अलि अलि सिमेन्ट पोत्छन एक हात खन्छन कुलो बनाउछन नाली बनाउने सोच नै छैन डुवानमा हामी नपरेर को पर्छ देवकोटाको प्रतिप्रश्न रहेको छ । टाउन भित्रका न्युरोड, बसपार्क, खानेपानी, दश बिगाह, तरकारी बजारमा पानी पर्नासात ताल पर्ने गरेको छ । नाली निर्माण नगरी बाटो बनाईनु , उचित निकास नगराई संरचना निर्माण गर्नुले पनि नगर भित्रको मुख्य समस्या रहेको छ ।

कोहलपुर नगरपालिकाले नाली निर्माणमा वर्षेनी करौडौ खर्च गर्दै आएको भएपनि उचित निकास नहुँदा वर्षेनी डुब्दै आएको कोहलपुर स्पष्ट भिजनका साथ निकास दिने योजना भने कसैले ल्याउन सकेको छैन । साना साना टुक्रे योजनामै रमाउने जनप्रतिनिधिहरुले समेत जव परयो राती तव बुढि तातीको शैलिमा डुवान भएका क्षेत्रमा नगर प्रहरी खटाउने गरेका छन ।

कोहलपुरको मुटुमा रहेको गोलपार्क सामान्य वर्षामा समेत डुबानमा पर्नु आफैमा लज्जास्पद हो स्थानिय अशोक भण्डारी भन्छन । यसका अलावा कोहलपुर नगरपालिका १, २, १४, ८, ९ र १० वडामा समेत डुवान भएका छन । टुक्रे योजनालाई निरुत्साहित नगर्दा सम्म यो समस्या ज्युंका त्यु रहने भुक्तभोगिहरुको अनुभव रहेको छ ।

 

Nabintech