१० मंसिर २०८१, सोमबार
रु १०० कै भन्सार नितीले प्रताडित बन्दै सर्वसाधारण

भन्सार छलेर नेपालगन्ज लगायतका व्यापारीको सामान दिनहुँ रिक्साका रिक्सा सप्लाई हुन्छ त्यति मात्रै होइन छोटी भन्सार हुँदै त कति तस्कर हुन्छ त्यसको लेखा जोखा छैन


  • सरला सुवेदी

  • ४ भाद्र २०८०, सोमबार १६:४८

 नेपालगन्ज : बाँकेस्थित नेपाल-भारत सीमा नाका जमुनाहमा भन्सारमा कडाई गरिएको छ। सानालाई एन ठुलालाई चैन भने जस्तै नेपालगन्ज जमुहान भन्सारमा आ आफ्ना मान्छे तथा छोटी भन्सार हुँदै सामान धमाधम भित्रिएपछि नाकामा कडाइ गरिएको हो । भन्सार राजस्वमा चुहावट भएको भन्दै नेपाल सरकारले त्यसको रोकथामका लागि छिटफुट सामानमा पनि भन्सार लगाउन थालेको छ ।यसरी एक सयकै सामानमा भन्सार लगाउदा भारतबाट कमाएर फर्किने र स्थानिय किनमेल गर्न गएकाहरुहरु प्रताडित बन्ने गरेका छन ।

नेपालगन्ज उपमहानगरपालिका १ धम्बोजिमा बस्ने रिता चौधरिले भारतको रुपैडियाबाट छोरीको लागि ल्याएको कपडा जमुनाहा नाकामा सशस्त्र प्रहरीले खोस्यो चौधरीले करिब तिन वटा चेक पोष्ट कटाएर ल्याएको कपडा चौथो पोष्टमा सशस्त्र प्रहरीले उनको कपडा खोसेर लगेको हो। चौधरीले रुपैडियाबाट दुई थान कुर्ती एक थान प्लाजो दुई थान टाउजर किनेर ल्याएकोमा भन्सार कार्यालयको सशस्त्र शिविर प्रहरीले उनको सामान जफत गरेको हो। प्रहरीले त्यस अघिका सबै चेक पोस्टबाट क्रस गराएर ल्याएका कपडा अन्तमा भन्सार कार्यालयको सशस्त्र प्रहरीले अमानवीय व्यवहार गर्दै सामान खोसेको चौधरीको आरोप छ ।

सशस्त्र प्रहरीले सामान खोसेर नेपालगन्ज भन्सार कार्यालय पठाएको छ भन्सार तिरेर सामान लिन्छौ भन्दा समेत कुनै सुनुवाइ नभएको चौधरीको गुनासो छ। उनले दुई थान कपडाको लागि दुई दिन देखि नेपालगन्ज भन्सार कार्यालयमा धाई रहेको दुखेसो पोखिन ।

त्यस्तै नेपालगन्ज उपमहानगरपालिका १ वाटरपार्क बस्ने भिमा लामाले आफन्तको लागि किनेर ल्याएको छ थान कुर्ती छ थान प्लाजो सशस्त्र प्रहरीले खोसेर भन्सार कार्यालय मा नै पठाएको छ। घरायसी प्रयोजनको लागि नै रुपडियाबाट कपडा ल्याएर घर फर्किँदै गर्दा लामाको सामान भन्सार नजिकै खटिएको प्रहरीले खोसेर लगेको हो ।

नेपालगन्जका अर्का उपभोक्ता हिरालाल नेपालीले घरको लागि दुई बोरा चामल र साना साना दुई तीन बोतल कोक र डिउ ल्याएका थिए कोकको भन्सार नभएकोले सशस्त्र प्रहरीले फिर्ता गर्ने मौका समेत नदिएर खोसिदिएको थियो ।

सय रुपैयाँ भन्दा बढीको सामान लिन जाँदा भन्सार तिर्नु पर्छ भनेर जानकारी गराउँदै गर्दा अटेर गरेर सामान लिन गएको सामान जफत गरेपछि विभिन्न आरोप लगाउने गरेको नेपालगन्जका भन्सार एजेन्टको बताउनु हुन्छ। हाम्रो आँखा अगाडि देखिएका सबैलाई समान व्यवहार गरेको उहाँहरूको भनाई रहेको छ।

पछिल्लो समय नेपाल भारत जमुनाह नाकामा भन्सार कडाई गरिएको छ। नेपाल सरकारले एक सय रुपैयाँ भन्दा बढीको सामान ल्याउने जो कोहीलाई भन्सार राजस्व गराएर मात्र नेपाल छिर्न दिने कानुनी व्यवस्था लागू गरेको छ । तर भन्सार छलेर नेपालगन्ज लगायतका व्यापारीको सामान दिनहुँ रिक्साका रिक्सा सप्लाई हुन्छ त्यति मात्रै होइन छोटी भन्सार हुँदै त कति तस्कर हुन्छ त्यसको लेखा जोखा छैन ठुलालाई नदेख्ने तर घरायसी प्रयोजनको लागि ल्याइएको सामान जफत गर्नुले भन्सार कार्यालयको नियत माथि नै प्रश्न उठेको छ।

Nabintech