९ मंसिर २०८१, आईतवार
कोहलपुरको सुकुम्बासी बस्ति उठाउने पक्षमा छैनौ : माओबादी नेतृ शर्मा

  • टाइम्स संवाददाता

  • १० भाद्र २०८०, आईतवार १०:४२

बाँके,कोहलपुर : नेकपा माओवादि केन्द्रका स्थानिय नेताहरुले सर्वदलिय सर्वपक्षिय बैठकमा कोहलपुर ११ क्रिकेट मैदान आसपासमा घर टहरा बनाई कब्जा गरिएको नगर विकासको जग्गा खालि गर्ने सहमति जनाए पनि नेकपा माओवादि केन्द्रका केन्द्रीय सदस्य दामा शर्माले भने बिकल्प बिना कुनै पनि सुकुम्बासीलाई बेघर बनाउने पक्षमा आफ्नो पार्टी नरहेको बताएकी प्रष्ट पारेकी छिन।

शनिबार कोहलपुरमा आयोजित नेकपा माओवादी केन्द्र नगर कमिटीको बिस्तारीत बैठकमा बोल्दै शर्माले कोहलपुरको सुकुम्बासी बस्ती उठाउने निर्णय आफुलाई मान्य नहुने बताएकी हुन ।

“नेकपा माओवादि केन्द्र सुकुम्बासी, भुमिहिनको पक्षमा दृढताकासाथ उभिदै आएको छ, बलजफ्ती तरीकाले सुकुम्बासी तथा भुमिहिनलाई बिस्थापित गर्ने निर्णय हामिलाई मान्य हुनेछैन” कोहलपुर नगरपालिका अभियान संयोजक समेत रहेकी शर्माले भनिन, “कोहलपुर ११ क्रिकेटमैदानस्थित सुकुम्बासीवस्ती हटाउने स्थानिय सरकारको निर्णय अविलम्ब सच्याउनुपर्छ ।”

उनले भुमि आयोगमार्फत वास्तविक भुमिहिन र सुकुम्बासीको तत्थ्याङ्क संकलन गरी उचित ब्यवस्थापन गर्नुपर्ने बताईन । भुमि आयोग मार्फत समस्या समाधान गर्नुपर्नेमा स्थानिय सरकार आफै सुकुम्बासीहरूलाई बिस्तापित गर्न अग्रसर हुनु खेदजनक रहेको उनको भनाई थियो ।

“जनतासँग माओवादी विशेष रूपान्तरण अभियान” अन्तर्गत कोहलपुर आएकी शर्माले पार्टी माथि देखि तलसम्म रुपान्तरण गर्नुपर्ने बताईन । पार्टीमा आस्था राख्ने सम्पूर्ण नेता कार्यकर्ताहरुले ३ महिने अभियानमा मेहनत गर्न सके पार्टी सेटमा आउने बताउँदै शर्माले आम नागरीकको दैनिकीसँग जोडिन नेता कार्यकर्तालाई निर्देशन समेत दिईन ।

Nabintech