२१ कार्तिक २०८१, बुधबार
यस्तो छ आजको मौसम

  • टाइम्स संवाददाता

  • ११ भाद्र २०८०, सोमबार ०७:२२

काठमाडौं : देशका केही भू–भागमा सोमबार पनि वर्षाको सम्भावना छ। तर लगातारको वर्षा कम हुँदै गएको छ। पश्चिम क्षेत्रबाट मौसममा क्रमिक सुधार हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको ​छ।

सोमबारकेही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बिहान कोशी प्रदेशमा सामान्य बदली छ। बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली छ। कोशी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

कोशी, मधेस र लुम्बिनी प्रदेशका तराईका एकदुई स्थानमा हावाहुरीको सम्भावना छ। विभागले राति देशभर आंशिकदेखि सामान्य बदली रहन बताएको छ । कोशी, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

Nabintech