बाँके,कोहलपुर: भाद्र १३ गते गते देखि कोहलपुर क्रिकेट मैदान आसपासमा अतिक्रमण गरि बसोबास गरेको बस्ति हटाउने नगर विकास समितीले बिभिन्न रेडियो तथा पत्रपत्रिकामा सुचना जारी गरेको भएपनि कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्य कम ब्याक भएका छन । सर्वदलिय सर्बपक्षिय बैठकबाट घर टहरा खालि गर्ने निर्णय भाद्र ४ गते भएपनि नगर विकास समितीले भाद्र ६ गते सार्वजनिक सुचना निकालेको थियो । सर्वदलिय सर्वपक्षिय भेलाको म्यान्डेट पाएका मेयरले घर टहरा खालि गर्ने मिति तय गरेको भएपनि ब्यापक जन दवाफका बाबजुत कम ब्याक भएको पाईएको छ । कोहलपुर ११ शाान्तीनगर क्रिकेट मैदान आसपासमा करिव दुई दशक भन्दा अघिदेखि सुकुम्वासि, भुमिहिनको नाममा कब्जा गरि बस्ती नै बसालिएको छ । शुरुमा ५०,६० घर भएको यस बस्तिमा अहिले ६ सय भन्दा बढि घरबासहरु रहेको तथ्यांक छ ।
आईतवार अखिल नेपाल कुम्बासी संघका केन्द्रीय अध्यक्ष अमर परियार सहित शाान्तीनगरका सुकुम्बासी प्रतिनिधिहरु र कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्य बिच भएको छलफलबाट दुबै पक्ष बिचको आपसी समझदारीमा बस्ती हटाउने कार्य तत्कालका लागि रोक्ने भनि दुबैपक्ष बीच भद्र सहमति भएपछि मेयर आचार्य कम ब्याक भएका हुन ।
दुबै पक्ष बीचको छलफल र आपसी समझदारीमा एक अर्कालाई सघाउने भद्र सहमति भएको अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय अध्यक्ष अमर परियारले जानकारी दिए। केन्द्रीय अध्यक्ष परियारले भने कोहलपुर ११ शान्तिनगरका भुमिहीन दलित, भुमिहीन सुकुमबासी र अव्यवस्थितहरुको हक, अधिकार र व्यवस्थापनको बिषयमा छलफल भएको छ ।
छलफलको निष्कर्ष , भुमीहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थितहरुको लगत संकलन गर्ने र लगत संकलन पश्चात नै छानबीन र प्रमाणीकरण गर्ने गरि सहमति भएको हो । त्यसको लागि अन्तिम टुङ्गो लगाउने राजनीतिक दल र सुकुमबासी प्रतिनिधि सहीत केहि दिनमा सर्बपक्षिय बैठक बस्ने र लगत लिन सुरु गर्ने समझदारी बनेको छ । दुबैपक्ष बिचको सम्वादबाट एकखालको समझदारी बनेको परियारको दावि छ ।
यद्यपि यस अघि नै उक्त स्थानमा रहेका घर टहराहरु खालि गर्ने निर्णय भईसकेको छ । सर्वपक्षिय सर्वदलिय बैठकको म्यान्डेट पाएर सुचना समेत निकालि सकेपछि मेयर एकलै बसेर फेरी अर्को निर्ण गर्नुलाई अर्थपुर्ण रुपले हेरिएको छ ।