२२ कार्तिक २०८१, बिहीबार
स्वास्थ्य मन्त्रि वस्नेतलाई सामाजिक सरोकार मञ्चको ध्यानाकर्षण

कोहलपुर बजार क्षेत्रको सडक मर्मत संभारका लागि सडक बिभागलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय


  • टाइम्स संवाददाता

  • १४ भाद्र २०८०, बिहीबार १८:५३

कोहलपुर बाँके: सामाजिक सरोकार मञ्च कोहलपुरले माननीय स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतलाई नेपालगन्ज स्थित भेरी अस्पतालमा भेट गरि ध्यानाकर्षण पत्र बुझाएको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा स्वास्थ्य विमा भईरहेकोमा हाल बन्द रहेको स्वास्थ्य विमा कार्यक्रम पुन सन्चालन गर्नका सामाजिक सरोकार मञ्च कोहलपुरले मन्त्रि वस्नेतलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
जिल्लामा एक मात्र स्वास्थ्य संस्था भेरी अस्पतालमा मात्र विमा कार्यक्रम हुदा शिक्षण अस्पताल कोहलपुरमा २१ जिल्ला भन्दा अधिक स्थानबाट आउने विरामीहरुले सो सेवाबाट बञ्चित हुनुपरेको भन्दै भन्दै यथाशिघ्र स्वास्थ्य विमा कार्यक्रम लागु गर्न निर्देशन दिन भन्दै मञ्चले ध्यानाकर्षण पत्र बुझाएको हो ।

शिक्षण अस्पताल कोहलपुरमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट समेत विरामीहरु रिफर भएर आउने गरेका छन । यसरी आएका विरामीहरुले भेरी अस्पतालबाट मात्र विमा सुविधा पाउने भएपछि अस्पतालमा पालो नपाईने, भिडभाड हुने र स्वास्थ्य सेवा समयमै पाउन नसक्ने जस्ता समस्याहरुलाई मध्य नजर राख्दै शिक्षण अस्पताल कोहलपुरमा विमा कार्यक्रम लागु गर्नुपर्ने सामाजिक सरोकार मञ्च कोहलपुरका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

यसैगरि सामाजिक सरोकार मञ्च कोहलपुरले कोहलपुर शहरको बजार क्षेत्रलाई मध्यनजर गरि दुवै राजमार्गको बाटोमा रहेको खाल्डा खुल्डी ,सडकमा गाडिको लेन छुट्ट्याउन र जेब्रा क्रसमा लगाइएका रङ्गहरु खुईलिएको भन्दै मर्मत संभारका लागि सडक बिभागलाई ध्यानाकर्षण पत्र बुझाउने  निर्णय गरेको छ ।

कोहलपुर नगरपालिका क्षेत्र भित्र उत्पादन गरिने घरेलु मदिरा लाई कानुनी दायरामा ल्याइ नगरपालिकामा दर्ता गराइ सुचिकृत गरि गुणस्तर मापन गरि नगरपालिकाको मातहत रहने गरि ब्राण्डिगं सहित बिक्रीवितरण गर्ने ब्यबस्था मिलाउन कोहलपुर नगरपालिकालाई अनुरोध गर्ने निर्णय समेत निर्णय मञ्चले गरेको छ ।

Nabintech