९ मंसिर २०८१, आईतवार
कोहलपुर नगर भित्रका अन्य बिद्यालय सुचारु रहदा जनता माविमा भने बिदा

शिक्षक प्रधानाध्यापकको मौखक निर्णयका आधारमा मात्र बिद्यालय विदा गर्न नपाईने


  • टाइम्स संवाददाता

  • १५ भाद्र २०८०, शुक्रबार १८:२३

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा रहेको जनता मा.वि मैटहवामा कार्यरत प्रधानाध्यापक तथा शिक्षकहरुले कोहलपुर नगरपालिकामा अन्य बिद्यालयहरु सुचारु रहेकै बेला आफनो बिद्यालयमा भने विदा गरेको पाईएको छ ।

विद्यालय ब्यबस्थापन समितीको बैठकको निर्णयमा नगर शिक्षा शाखालाई समेत जानकारी दिई स्थानिय विदा गर्न पाउने प्राबधानलाई लत्याउदै विद्यालयमा कार्यरत शिक्षक र प्रधानाध्यापक चन्द्र बहादुर खत्रिले आफुखुशि विद्यालयमा विदा दिएका हुन ।

यस बिषयमा कोहलपुर टाईम्सको डेस्क टिमले नगर शिक्षा शाखाका अधिकृत रविलाल मिजारलाई सम्पर्क गरि बुझदा प्रक्रिया नमिलाई विदा गरेको भन्ने आफुले सुचना पाएको भन्दै शिक्षक प्रधानाध्यापकको मौखक निर्णयका आधारमा मात्र बिद्यालय विदा गर्न नपाईने बताएका छन । उनले त्रुटिगत रुपमा विद्यालयमा विदा दिएको थाहा पाउने बित्तिकै विद्यालय खोल्न प्रधानाध्यापक चन्द्र बहादुर खत्रिलाई निर्देशन दिएको बताए ।
यता जनता मा.वि मैटहवाका प्रधानाध्यापक चन्द्र बहादुर खत्रिले शिक्षा ऐनमा विद्यालय ब्यबस्थापन समितीको बैठक बसि माइन्युट गर्नुपर्ने प्रावधान नभएको भन्दै विद्यालयले बर्षको ५ दिन स्थानिय विदा पाउने आधारमा टेकि विदा दिएको र सो को जानकारी नगर शिक्षालाई भने नदिएर गल्ति गरेको स्विकारेका छन ।

नका अनुसार आफु प्रशासनिक कामका शिलशिलामा विद्यालय बाहिर रहेको बेला विद्यालयको फेसबुक ग्रुपमा केहि शिक्षक साथीहरुले शुक्रबार स्थानिय विदा दिनुपर्ने भन्ने राय मागेको र आफुले पनि स्विकृत दिएर विद्यालयमा विदा दिएको बताएका छन यद्यपि विदा दिने बारे शिक्षक, कर्मचारी तथा बिद्यालयका प्रधानाध्यापकले कतै कुन पनि माईन्युट गरेका छैनन ।

कोहलपुर टाईम्सको ब्युरो टिम जनता मा.वि मैटहवामा सो बारे बुझन जाँदा शिक्षकहरुले विद्यालय विदा भएको भन्दै बिद्यार्थीहरुलाई घरतिर फिर्ता गरिरहेका थिए भने आफुहरुले भने शिक्षक हाजिर कपिमा हाजिर जनाएका थिए । केहि अभिभावकहरुले विद्यार्थीहरुलाई सुचना नदिई विद्यालय बन्द गरेको भन्दै आक्रोश पोख्दै मनोमानि गर्ने प्रधानाध्यापकले नैतिकताका आधारमा राजिनामा गर्नुपर्ने बताएका थिए ।

प्रधानाध्यापकले विद्यालयमा आए देखि मनोमानि रुपमा काम गरिरहनु भएको छ अनुगमण गर्ने निकायले १० दिनको समय सिमा दिई आफुलाई सुधार गर्नुपर्ने भनेर गएपनि आफुलाई सुधार गर्नुको साटो विद्यालयमा अध्यनरत बाल बालिकाको भविष्यमाथि नै प्रधानाध्यापकले खेलबाड गरिरहेको जिकिर गरेका छन ।

स्मरण रहोस यस अघि कोहलपुर नगर कार्यपालिकाका सामाजिक विकास समिती संयोजक ईशवरी प्रसाद विश्वकर्माको अनुगमण टोलिले विद्यालयमा सुधार गर्नुपर्ने बिषय बस्तु र आफनै मनोमानिमा केहि निर्ण नगर्न भन्दै १० दिनको समय सिमा दिएको थियो ।
प्रधानाध्यापक खत्रिले प्रअले पनि अध्यापन गर्ने हो र प्रअले त प्रशासनिक काम गर्ने हो नि भन्दै कक्षा समेत लिन आलटाल गर्ने गरेको एक शिक्षकले नाम नवताउने शर्तमा बताएका छन । उनले सरुवा भई आउदा आफु विद्यालयमा आराम गर्न आएको भन्दै कक्षा समेत नलिई बसेकोमा केहि शिक्षकहरुले आपत्ति जनाएपछि केहि पिरीयड लिन थालेको भएपनि बिद्यालयमा गर्ने बिभिन्न क्रियाकलापहरुमा एकल रुपमा गर्ने गरेका दावि गरेका छन ।

यस बिषयमा प्रधानाध्यापक खत्रिसंग बुझदा बिद्यालयको हितका निम्ति काम गरेको भन्दै आफुले गरेका कामहरुको बिल भरपाईहरु दुरुस्त रहेको बताएका छन । अनियमितताको आरोप छ नि भन्ने प्रश्नमा आफुले कुनै पनि क्रियाकलापमा अनियमितता नगरेको बताएका छन ।
१३ गते सर्बदलिय बैठकमा शुरुमा उपस्थित भएका प्रधानाध्यापक खत्रि बिचमा बैठक छोडि भागेपछि बिद्यालयमा गरिएका आर्थिक क्रियाकलापहरुको समेत छान विन समिती गठन गरिएको छ तर १३ गतेको सर्बदलिय भेलालाई उनी बैधानिक मान्न भने तयार छैनन ।

यस बिषयमा कोहलपुर वडा नं. ३ का वडा अध्यक्ष माधव रिजालसंग बुझदा मलाई भन्दा पनि बिद्यालयका अभिभावक, बिद्यार्थीहरुसंग बुझन आग्रह गरेका छन । उनले मैले उहाको बारे बोले राजनैतिक पुर्वाग्रह गरेको जस्तो उहा प्रअलाई भान पर्ने भएकाले उहाले गरेका काम काजहरु कति बैधानिक र बिद्यार्थीका पक्षमा छन सो बारे अभिभावक र बिद्यार्थीहरुले भन्नेछन मैले बिद्यालयको कुनै कुरा वाहिर नजावस भनेर सर्वदलिय बैठक बोलाउन विद्यालय ब्यबस्थापन समितीका अध्यक्षलाई भनेको हो , विद्यालयका ब्यबस्थापन समितीले बोलाएको बैठकलाई प्रधानाध्यापकले बैधानिक मान्नुहुन्न भने उहाको दम्भ र मनोमानी गर्ने अझैं सोच छ नियमनकारी निकायले यथाशिघ्र उचित कदम चालोस अध्यक्ष रिजालले भने ।

Nabintech