९ मंसिर २०८१, आईतवार
सामाजिक सरोकार मञ्चको कोहलपुर नगर प्रमुखलाई यस्तो ध्यानाकर्षण

यातायात कार्यालयको शाखा कोहलपुरमा स्थापना हुनुपर्ने


  • टाइम्स संवाददाता

  • २१ भाद्र २०८०, बिहीबार २०:३१

कोहलपुर,बाँके:बाँकेको कोहलपुरमा क्रियाशिल रहेको सामाजिक सरोकार मञ्चले कोहलपुर नगर प्रमुखलाई सम्बोधन गर्दै कोहलपुरमा तत्काल आबश्यक देखिएका एजेण्डा सहित प्रस्तावित एजेण्डाहरुलाई प्रदेश सांसद, संघिय सांसद र स्थानिय राजनैतिक दलहरुका प्रतिनिधिहरुसंग समन्वय गरि कार्यान्यनमा ल्याउन भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

आज बिहिवार सामाजिक सरोकार मञ्च कोहलपुरले कोहलपुर नगर प्रमुख श्री पुर्ण प्रासाद आचार्यलाई कायकक्षमा भेटी सात बुदे ध्यानाकर्षण पत्र बुझायको हो ।

नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउन मञ्चका संयोजक राजेन्द्र कुमार श्रेष्ठ को संयोजकत्वमा सह संयोजक शेष कान्त शर्मा, सदस्यहरु सुरेस कुमार चौधरी, चिन्तामणि उपाध्याय , प्रमात कुमार श्रेष्ठ र सरिता शाहीको सहितको टोलि कोहलपुर नगरपालिका पुगेको थियो ।

मञ्चले स्वास्थ्य विमाको सिफारिस कोहलपुर नगर अस्पतालबाट गर्ने ब्यबस्था मिलाउनुपर्ने,दाह संस्कारघाट राप्ति सोनारी २ मा ब्यबस्थापन गर्नुपर्ने,यातायात कार्यालयको शाखा कोहलपुरमा स्थापना हुनुपर्ने, नगरका बिभिन्न पार्क उद्यानको ब्यबस्थापन गर्नुपर्ने, नगर विकासको क्षेत्रभित्रका टिनका पालि ब्यबस्थापन गर्नुपर्ने, नगरमा शव बहान सञ्चालनको ब्यबस्था गर्नुपर्ने र स्थानिय स्तरमा उत्पादित मदिरा जन्य बस्तुलाई बैधानिकता प्रदान गरि ब्राडिङ गरिनुपर्ने जस्ता एजेण्डाहरु पेश गरिएका छन ।

Nabintech