९ मंसिर २०८१, आईतवार
आज यी चार प्रदेशमा वर्षा

  • टाइम्स संवाददाता

  • २ आश्विन २०८०, मंगलवार ०७:१८

काठमाडौं : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मंगलबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागको थोरै र बाँकी भूभागको एकदुई स्थानमा मेघगर्जन  र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।  हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर छ।

Nabintech