९ मंसिर २०८१, आईतवार
भाइरल ज्वरोले बाजुरामा २ जनाको ज्यान गयो

  • टाइम्स संवाददाता

  • ८ आश्विन २०८०, सोमबार १९:१२

बाजुरा: बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ जयबागेश्वरीको माटेसागुमा भाइरल ज्वरोले दुई जनाको ज्यान गएको छ । भाइरल ज्वरोका कारण स्थानीय ४९ वर्षीया सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाहीको ज्यान गएको हो । भाइरल ज्वरोका कारण बुढाको चार दिन पहिले र शाहीको हिजो आइतवार ज्यान गएको प्रहरीले जनाएको छ ।

गाउँमा रहेका १ सय ६० भन्दा बढी परिवारका सबै घरमा बिरामी परेका छन् । भाइरल ज्वरोले पूरै गाउँ नै प्रभावित रहेको स्थानीय गणेशबहादुर शाहीले बताउनुभयो । भाइरल ज्वरो फैलिएको एक हप्ता भइसकेको तर उपचारका लागि पहल गर्दा पनि कतैबाट स्वास्थ्यकर्मी नआएको स्थानीयले गुनासो गरेका छन् । ज्वरो १०३ डिग्री माथि आउने, खोकी लाग्ने, श्वास फुल्ने जस्ता लक्षण देखापरेको स्थानीयले बताएका छन् ।

Nabintech