९ मंसिर २०८१, आईतवार
होम स्टे महासंघको अधिबेशन असोज २५ देखि चितवनको माडिमा हुने, लोगो सार्वजनिक

  • टाइम्स संवाददाता

  • १८ आश्विन २०८०, बिहीबार १५:४८

कोहलपुर,बाँके: नेपालका ६८ जिल्लामा रहेका होम स्टेहरुको छाता संगठन होम स्टे महासंघको चौथो राष्ट्रिय महाधिबेशन यहि असोज २५ गते देखि २७ गते सम्म चितवनको माडिमा सम्पन्न हुने भएको छ । पालिका स्तर र प्रदेश स्तरमा अधिबेशन सम्पन्न गर्न कस्सिएका महासंघका पदाधिकारीहरुले आज देशका बिभिन्न स्थानहरुमा अधिबेशनको लोगो सार्वजनिक गरेका छन । चितवन माडिको पर्यापर्यटनलाई समेत टेवा पुगोस भनेर एक सिंगे गैंडा, हिमाल देखि तराई मधेस सम्मका होम स्टेहरु झल्किने लोगो डिजाईन गरि सार्वजनिक गरिएको होम स्टे महासंघका केन्द्रिय महासचिव कृष्ण चौधरीले जानकारि दिएका छन ।

आज कोहलपुरमा पत्रकार भेटघाटको आयोजना गर्दै महासचिव चौधरीले नेपालका बिभिन्न स्थानमा रहेका पर्यटन पर्बद्धनका संभावनाहरुलाई आर्थिक स्रोतका रुपमा विकसित गर्दै लैजान र स्थान बिशेषका रहन सहन, चाल चलन तथा खानाका परिकारहरुबाट पाहुनाहरुलाई आतिथ्यता प्रदान गर्ने होम स्टेहरु देशको अर्थतन्त्रमा समेत टेवा पुरयाउदै गएकाले पर्यटन बिशेष सहितको लोगो सार्वजनिक गरेको बताए । हिमाल, पहाड र तराई मधेसका १ हजार पाँच सय गाउबाट ७ हजार होम स्टेका ६ सय बढि प्रतिनिधिहरुको सहभागितामा चितवनको माडिमा हुने महासंघको चौथो महाधिबेशन ऐतिहासिक हुने समेत महासचिव चौधरीले दावि गर्दै बाँकेबाट २५ जनाको प्रतिनिधित्व रहने जानकारी दिए ।

असोज २५ देखि २७ सम्म माडिमा सम्पन्न हुने महाधिबेशनले आगामि कार्यकालका लागि नया नेतृत्व समेत चयन गर्नेछ । आगामी कार्यकालकालागि महासचिवका बलियो दाबेदार मानिएका कृष्ण चौधरी बिगत एक दशक भन्दा बढि बाँकेको गाभर भ्यालिमा रहेर होम स्टे समेत सञ्चालन गर्दै आएका छन ।

Nabintech