नेपालगन्ज: बाँकेको नेपालगन्जमा भएको प्रदर्शनमा घाइतेहरुको उपचार खर्च नेपालगन्ज उपमहानगरपालिकाले व्यहोर्ने भएको छ । नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत रेकर्ड राखेर घाइतेको उपचार खर्च उपमहानगरपालिकाले ब्यहोर्न बताएकाछन ।
त्यस्तै, लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले प्रदेश सरकारले प्रदर्शनका क्रममा भएको तोडफोडको क्षतिपूर्तिका लागि पहल गर्ने बताए । प्रदेश सरकारको कोषबाट क्षतिपूर्ति दिइने बताउँदै गृहमन्त्री पाण्डेले जनताले तिरेको करको पैसा विकास निर्माणमा खर्च हुनुपर्नेमा क्षतिपूर्तिका रुपमा खर्च हुनु राम्रो नभएको बताए । उनले अबका दिनमा सामाजिक सद्भाव बिथोल्ने खालका घटना हुन नहुने बताएका छन् ।
प्रदर्शनका क्रममा भएको झडपमा १० वटा घरमा तोडफोड, ३ वटा घुम्ति पसल ध्वस्त, ८ मोटरसाइकल, एउटा कार तथा ४ वटा साइकलमा तोडफोड भएको थियो ।