चैनपुर : बझाङको चैनपुर केन्द्रविन्दु भएर गएराति दुईपटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर ४.३ र १२ः२३ बजे ३.९ रेक्टरस्केलको भूकम्प गएको हो।
मंगलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रविन्दु भएर ५.३ र दोस्रोपटक ३ः०६ बजे बझाङ सदरमुकाम चैनपुर भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि विभिन्न समयमा परकम्प भइरहेको छ। बझाङ–भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो भने कतिपय व्यक्ति घाइते भएका थिए। यस्तै सयौँ घरमा क्षति पुगेको थियो।