९ मंसिर २०८१, आईतवार
अनसन बसेकी भारतीलाई समर्थन गर्न पुगेका ५ जना पक्राउ

  • टाइम्स संवाददाता

  • १९ आश्विन २०८०, शुक्रबार १८:००

काठमाडौं: नेपालगञ्जका चेतन मानन्धरको हत्यामा संलग्न योगराज ढकाल उर्फ रिगललाई आममाफी दिएको विरोधमा अनसनरत चेतनकी पत्नी भारती मानन्धरलाई समर्थन गर्न पुगेका पाँच युवालाई प्रहरीले पक्राउ गरेको छ । भारतीको अनसनलाई समर्थन जनाउँदै माइतीघर पुगेका सोम शर्मासहित ५ जनालाई पक्राउ गरेको हो ।

भारतीको आन्दोलनमा ऐक्यवद्धता जनाउन आएका शर्माले युट्युबरलाई अन्तवार्ता दिँदै ‘दोषीलाई आममाफी दिने राष्ट्रपतिलाई शीतल निवासबाट निकालेर सडकमा घिसार्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

शर्मासँगै यादव सिंह, उद्धव वस्नेत, जेनीशा बोहरा र असनन बसेका आषिस मल्ललाई पनि प्रहरीले पक्राउ गरेर सिंहदबार वृत्त लगेको छ । रिगललाई संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।

Nabintech