११ मंसिर २०८१, मंगलवार
साधारण सभाका अवसरमा रेडक्रस र विद्यालयलाई एक एक लाख प्रदान

  • टाइम्स संवाददाता

  • २० आश्विन २०८०, शनिबार १९:०५

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा रहेको महिला समाज सेवा वचत तथा ऋण सहकारी संस्थाले आफनो २५ औं बार्षिक साधारण सभाका अवसरमा राष्ट्रिय आधारभुत निम्नि माद्यामिक विद्यालय चटार र नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरलाई आर्थिक सहयोग गर्दै एक एक लाखको चेक हस्तान्तरण गरेको छ ।

सहकारी संस्थाका अध्यक्ष मिना ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उप प्रमुख एबं कार्यक्रमका प्रमुख अतिथी संगिता सुवेदीले सहकारीका नियम विनियमको अधिनमा रहेर कार्यक्रम सञ्चालन गर्ने सहकारीहरु समस्याग्रस्त नहुने जिकिर गरिन । उनले सहकारी आफैमा सहकार्यमा निर्भर रहेको भन्दै कर्मचारी, सञ्चालक समिती र शेयर सदस्यविचको आपसि सदभावपुर्ण वातावरणमा सहकारीलाई आन्तरीक नियन्त्रणमा सञ्चालन गर्नुपर्नेमा जोड दिईन । सभाको उदघाटन शत्रमा अध्यक्ष मिना ढुङ्गाना सिग्देलले सहकारीको आर्थिक प्रतिबेदन पेश गरेकी थिईन।

सुशीला भण्डारीको स्वागत मन्तव्यबाट शुभारम्भ कार्यक्रममा जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुबेदी, कोहलपुर नगरपालिका वडा नम्बर ११ का अध्यक्ष कल्पना शर्मा, जिल्ला बचत तथा ऋण सहकारीका कोषाध्यक्ष गीता वली, राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय कोहलपुरका व्यवस्थापक निता थापा, नेपस्कुन सेवा कार्यालय प्रमुख छत्र धमला लगायतका अतिथीहरुले आ आफनो मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन नारायण सिग्देलले गरेका थिए ।

Nabintech