कोहलपुर,बाँके: बाँकेमा रहेको कोहलपुर उद्योग बाणिज्य संघको बहुआयामिक भवन निर्माण कार्य दुर्त गतिमा अगाडि बढिरहेको बाणिज्य संघ कोहलपुरले जनाएको छ ।
कोहलपुरमा बाणिज्य संघसंग आबद्ध रहेका बस्तुगत संघहरुलाई समेत कार्यालयको ब्यबस्थापन गर्दै ब्यापारीहरुको एकतालाई थप मजबुद पार्दै एकै छाना मुनिबाट कार्य सम्पादन सम्पन्न गर्ने गरि भवन निर्माण गर्न थालिएको उद्योग बाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मणराज पौडेलले जानकारि दिएका छन ।
३०० बढि अटाउने सभा हल सहितको चार तला सम्मको भवन निर्माण गर्ने सपना देखेर उद्योग बाणिज्य संघले शुरु गरेको बहुआयामिक भवनको भुई तला सम्पन्न भई आज आईतवार छत ढलानको कार्य गर्न लागिएको छ ।
भवन निर्माण सम्पन्न भए पश्चात कोहलपुरमा सुविधा सम्पन्न ३०० जना अटाउने सभा हलको तयारी हुने छ भने ब्यापारीहरुका बिभिन्न बस्तुगतका कार्यालयका साथै बिभिन्न प्रयोजनमा कोठाहरु प्रयोगमा आउने बताईएको छ । आजको शुभ कार्यमा उद्योग बाणिज्य संघका पुर्व अध्यक्षहरु कर्ण बहादुर थापा, चिन्तामणि धिताल, नरेन्द्र प्रसाद शर्मा, चक्र बहादुर अधिककारी वर्तमान अध्यक्ष लक्ष्मणराज पौडेल,उपाध्यक्ष चण्डि प्रसाद गैरे, महासचिव मात्रिका सापकोटा, भुपेन्द्र प्रसाद काफले,दिपेन्द्र उप्रेती,दिपक बहादुर भण्डारी लगाएत उद्योगी ब्यापारीहरुको सहभागिता रहेको थियो ।