९ मंसिर २०८१, आईतवार
कोहलपुर नगरपालिकाको बिद्युतको बक्यौता करिव ६ लाख

ताकिएको मितीमा नबुझाए विद्युत महसुल सङ्कलन विनियमावली, २०७८ को विनियम १० बमोजिम कारबाही गर्ने चेतावनी


  • टाइम्स संवाददाता

  • २१ आश्विन २०८०, आईतवार १५:२०

कोहलपुर,बाँके:बाँकेका आठ स्थानिय तहहरुले बिद्युत उपभोग गरेवापत २२ करोड बुझाउनु पर्ने बक्यौता रहेकोमा कोहलपुर नगरपालिकाको झण्डै ६ लाख अर्थात ५ लाख ९८ हजार ६४४ रुपैया रहेको बिद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले जनाएको छ ।नेपालगन्ज वितरण केन्द्र र कोहलपुर वितरण केन्द्रले दिएको जानकारी अनुसार बाँकेका केही स्थानीय तहले लामो समयदेखि सडक बत्तीको महसुल नबुझाएकाले केन्द्रबाट नै सार्वजनिक सूचनानै जारी गर्नु परेको बताएका छन ।

बाँकेमा सबै भन्दा बढि बिद्युत बक्यौता नेपालगञ्ज उपमहानगरले १९ करोड ४५ लाख आठ हजार १९ रुपियाँ विद्युत महसुल तिर्न बाँकी रहेको छ भने सबै भन्दा कम खजुरा गाउँपालिकाले पाँच हजार ७७८ रुपियाँ महसुल तिर्न बाँकी रहेको छ । विद्युत प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै बाँकेका आठवटै स्थानीय तहलाई ४५ दिनभित्र सडक बत्ती बापतको २२ करोड ८५ लाख ३१ हजार ८४ रुपियाँ विद्युत महसुल बुझाउन आग्रह गर्दै त्यसो नगरिए विद्युत महसुल सङ्कलन विनियमावली, २०७८ को विनियम १० बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

प्राधिकरणले आफनो स्विकृत बिना विना मिटर सडक बत्ति नवाल्न पनि स्थानिय तहहरुलाई आग्रह गरेको छ भने सडक बत्तीको महसुल बुझाउनुका साथै केही ठाउँमा मिटर जडान नगरेरै सडक बत्ती प्रयोग गरिएको पाइएको जनाउँदै ती स्थानमा तत्काल मिटर जडान गर्न सार्वजनिक सूचनानै जारी गरेको छ ।

बाँकेका अन्य स्थानिय तहहरु मध्य डुडुवा गाउँपालिकाले एक करोड ९४ लाख ५८ हजार १९, जानकी गाउँपालिकाले १४ लाख ४९ हजार ३६८,  नरैनापुर गाउँपालिकाले एक लाख २३ हजार ७५० र राप्तीसोनारी गाउँपालिकाले १५ हजार ७०७ रुपियाँ सडक बत्तीको महसुल तिर्न बाँकी रहेको जनाइएको छ ।

Nabintech