९ मंसिर २०८१, आईतवार
राष्ट्र सफल पार्न बौद्धिक, शैक्षिक ब्यक्तिहरु अग्रसर हुनुपर्ने : आले मगर

भुतपुर्वहरुको मिलन कार्यक्रमले गुप्स आलमुनाई यसोसियसन पुर्नगठन


  • प्रमोद रिजाल

  • ४ कार्तिक २०८०, शनिबार १९:०६

कोहलपुर,बाँके: गोरखा युनाईटेड पब्लिक स्कुल कोहलपुरका संस्थापक अध्यक्ष केशर बहादुर आले मगरले कुनैपनि राष्ट्र सफल पार्न बौद्धिक, शैक्षिक ब्यक्तिहरु एकजुट हुन अग्रसर हुनुपर्ने धारणा राख्नु भएको छ । उहाले बाँकेको कोहलपुर २ मा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलमा आयोजित भुतपुर्व विद्यार्थी भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

आफुलाई बेलाएत जस्तो देशमा बसोबास गर्ने अवसर मिलेको भएपनि सो अवसरलाई तिलाञ्जली दिएर स्वदेश मै सेवा गर्ने पेशा अंगालेको स्मरण गर्दै संस्थापक अध्यक्ष आले मगरले अहिले विद्यालय जीवन नसकिदै शिक्षाको नाममा विद्यार्थीहरु पलाएन हुनुले राष्ट्रमा केहि बर्ष भित्र बौद्धिक ब्यक्तिहरुको खडेरि पर्ने बताउनुभयो ।

गोरखा युनाईटेड पब्लिक स्कुलबाट आफुले यो शैक्षिक यात्रामा थुप्रै डाक्टर, ईन्जिनियर, चार्टर एकाउन्टेन्ट लगाएत सयौ बौद्धिक ब्यक्तिहरु उत्पादन गर्न सफल भएको उल्लेख गर्दै आले मगरले आफुले उत्पादन गरेको जनशक्तिलाई एकिकृत गर्दै गुप्स आलमुनाई गठन गरि  भुतपुर्व विद्यार्थीहरुलाई गोलबद्ध गर्न सफल भएको जिकिर गर्नुभयो ।

गुप्स आलमुनाईलाई आफुले सामाजिक रुपमा सेवा भावका साथ काममा जोडन बिद्यालयबाट बार्षिक रुपमा बजेट विनियोजन गर्ने र अनुभवलाई काममा बदल्ने गरि काम गर्न चाहेको बताउनुहुदै अध्यक्ष आले मगरले गोरखा फाउण्डेशन गर्ने गरि अग्रसर रहन भुतपुर्व बिद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

नेपालमा रहेका बिभिन्न आग्रेनिक खाद्य बस्तुहरु ब्राण्डिङ गरि आफनो नेटवर्कमार्फत सप्लाई गर्न सके भुतपुर्व विद्यार्थीहरु उत्पादनमा जोडिई आर्थिक सवालमा समेत सवल हुने चर्चा गर्नु भएका आलेले आफनो यो उमेरमा पनि  राष्ट्रका निम्ति आफुले केहि गर्ने हुटहुटिलाई भुतपुर्व विद्यार्थीहरुको सहयोग रहनेमा विश्वास ब्यक्त गर्नुभयो ।

हामी कुनै काम गर्नुपुर्व नकारात्मक भावनामा रुमलिएका हुन्छौ नकारात्मक विचार त्यागौं सकारात्मक विचारलाई आत्म साथ गरौं जरुर हामी हाम्रो लक्ष्यमा पुग्नेछौं भन्दै अध्यक्ष आलेले पढाई र अनुभवलाई बौद्धिक बर्गले प्रयोग गर्न सक राष्ट्र सवल हुनेमा दुई मत नभएको जिकिर गर्नुभयो ।

विगतका दिनहरुलाई स्मरण गरौं सम्वन्धलाई मजबुद पार्रौ र संगठनलाई विस्तार गरौ भन्ने मुल नाराका साथ २२ औं ब्याच सम्मका भुतपुर्व विद्यार्थीहरुलाई वडा दशैं दिपावली , छट तथा नेपाल सम्बतका अवसरमा शुभकामना साटासाट गर्ने उद्धेश्यका साथ भुतपुर्व विद्यार्थी  बाँके जिल्ला खेलकुद संघका अध्यक्ष सन्दिप जंग शाहको अध्यक्षतामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा विद्यालयकि प्रिन्सिपल साधना थापाले भुतपुर्व विद्यार्थीहरुलाई खादा माला लगाई स्वागत तथा अभिनन्दन गर्नु भएको थियो ।

सो अवसरमा विद्यालयका एकेडेमिक एडभाईजर राजेन्द्र बहादुर गुरुङ, भाईस प्रिन्सिपल बद्रि प्रसाद शर्मा, शैक्षिक सुपरभाईजर
भद्र बहादुर शाहि लगाएतका बक्ताहरुले उपस्थित भुतपुर्व विद्यार्थी, विद्यालयका शिक्षक तथा अतिथीहरुलाई शुभकामना सन्देश ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा गोरखा युनाईटेड पब्लिक स्कुलका वालवालिकाहरुले अग्रज दाजु दिदिहरुलाई बिभिन्न सांगेतिक कोशेलीले स्वागत गरेका थिए । २०६० सालमा पहिलो ब्याजको विदाई गरेको विद्यालयले शुरुवाती कहालिलाग्दा दिनहरु गुजार्दै अहिले बाँकेमै भौतिक तथा शैक्षिक अभियानमा अब्बल सावित गर्न सफल भएको छ । ८ जना शिक्षकबाट शैक्षिक अभियानमा होमिएको विद्यालयले अहिले १२७ जना शिक्षक मार्फत पठन पाठनलाई आधुनिक, ब्यबहारिक तरिकाले अध्यापन कर्ममा सर्मपित भएको विद्यालयले जनाएको छ ।

भुतपुर्व विद्यार्थी प्रज्वल सुबेदीले सञ्चालन गरेको शुभकाना आदान प्रदान कार्यक्रममा बिद्यालयका प्रशासन अधिकृत कर्ण बहादुर वस्नेत, अभिभावक विद्यार्थी पत्रकार तथा विद्यालयका शिक्षक कर्मचारीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

यसैविच आजै भुतपुर्वहरुको मिलन कार्यक्रमले गुप्स आलमुनाई यसोसियसन पुर्नगठन गरेको छ । सन्दिप जंग शाह संयोजक रहनेगरि गठित यसोसियसनका अन्य सदस्यहरुमा रुपेश विष्ट, शिलु वस्नेत,समयम भण्डारि,प्रज्वल सुवदी, कृष्ण खडका र डा. देवेन्द्र आचार्य रहेका छन ।

यसैगरि आजै सव कमिटी समेत चयन गरिएको छ जस्का सदस्यहरुमा सागर पौडेल, शलव शाहा र लक्ष्मि वस्नेत रहेका छन भने भुतपुर्व विद्यार्थीहरुले विद्यालयका संस्थापक अध्यक्ष केशर बहादुर आले मगरलाई एडभाईजरि कमिटीमा राखेको छ ।

Nabintech