१० मंसिर २०८१, सोमबार
नगर प्रहरी कोहलपुरको शुभकामना आदान प्रदान सम्पन्न

  • टाइम्स संवाददाता

  • ५ कार्तिक २०८०, आईतवार १८:५३

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका मातहतमा रहेका नगर प्रहरीको आयोजनामा नेपालीहरुको महान चाड बडा दशैं, तिहार, छट तथा नेपाल सम्वतका अवसरमा शुभकामना तथा सांस्कृतिक कार्यक्रम आईतवार नगरको सभा हलमा सम्पन्न भएको छ ।

नगरपालिका प्रांगणमा अष्टमीका अवसरमा वलि सहितको मौलो पुजा सम्पन्न पश्चात आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा अधिकांश सहभागि बक्ताहरुले चाडबाडलाई भडकिलो रहित सदभावका साथ आफनो संस्कृती संरक्षण गर्दै मनाउनुपर्नेमा जोड दिएका छन ।
शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथी एबं लुम्विनी प्रदेश सभा सदस्य सञ्जु कुमारी चौधरीले लुम्विनी प्रदेशमै उदयमान शहरको रुपमा रहेको कोहलपुर नगरपालिकाहरुले आफनो क्षेत्राधिकार भित्र रहेर गरेको कामको प्रशंसा गर्दै सवै दल र नागरिकहरुको सहभागितामा कोहलपुरलाई बनाउने जिम्मा रहेको बताईन ।

कर्मचारीहरुको काम बाट नै नगरको मुहार फेरीने भन्दै चौधरीले नगर प्रहरीले नगरका बिक्रिति बिसंगति न्युनिकरण गर्न खेलेको भुमिका तथा सामाजिक मर्यादा र अनुशासन कायम गराउन खेलेको भुमिकाको प्रशंसा गरिन ।

नगर प्रहरी प्रमुख वीर बहादुर थापाको स्वागत मन्तब्यबाट शुरु गरिएको कार्यक्रममा जिल्ला समन्वय समितीका उपाध्यक्ष सिता कार्कि, नगर प्रमुख पुर्ण प्रसाद आचार्य,उप प्रमुख संगिता सुबेदी, नेपाली काङग्रेसका जिल्ला सभापति नारायण प्रसाद गौडेल, रास्वपाका नगर सभापति भरत पनेरु, ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारी, वडा नं. १२ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाह, सञ्चारिका समुह बाँकेकी अध्यक्ष रुपनि जिएम,बागेश्वरी यातायात प्रा.लि.का अध्यक्ष मन प्रसाद आचार्य लगाएतका बक्ताहरुले नगर प्रहरीले बिभिन्न चाडबाड लक्षित शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरि भातृत्व र सदभावको सन्देश दिन प्रेरीत गरेको भन्दै नगर प्रहरी धन्यबादको पात्र भएको बताएका थिए ।

कार्यक्रममा नगर प्रहरीको युनिट, नगर स्तरीय बाल क्लव सञ्जाल र बिभिन्न संघ संस्था सम्बद्ध कलाकारहरुले मनोरञ्जनात्मक बिबिध सांस्कृतिक खुराकहरु पस्केका थिए भने सहभागिहरुलाई नगर प्रहरीले अष्टमीको प्रसाद स्वरुप जलपान समेत गराएको थियो । महिला नगर प्रहरी, क्लवका सदस्य तथा स साना नानीहरुको समेत प्रस्तुती रहेको कार्यक्रमको सञ्चालन नगर प्रहरी डिल बहादुर चन्दले गरेका थिए ।

Nabintech