१० मंसिर २०८१, सोमबार
कोहलपुर चौराहाको ५०० मिटर वरपर गाडी रोक्न , यात्रु चढाउन र ओराल्न नपाईने

वसपार्कमा पान गुटका खाएर थुकेमा यात्रु तानातान गरेमा समेत कार्वाहि हुने


  • विकल भट्टराई

  • २१ कार्तिक २०८०, मंगलवार १०:४१

कोहलपुर,बाँके: कोहलपुर चौराहा  वरपर जथाभावी गाडी पार्किङ तथा यात्रुहरू चढाउने तथा ओराल्ने काम रोकेर कोहलपुर बसपार्कबाट मात्रै बस छुट्ने र रोकिने तथा यात्रु चढाउने र ओराल्ने बिषयमा सरोकार वालाहरु एक मत भएका  छन । सोमवार कोहलपुर बसपार्कमा भएको सरोकार वालाहरु कोहलपुर नगरपालिका,ईलाका प्रहरी कार्यालय  कोहलपुर, ट्राफिक प्रहरी, बसपार्क व्यवस्थापनको जिम्मा लिएको बागेश्वरी यातायात प्रालि लागायतका सम्पूर्ण यातायात व्यवसायीहरूले यो बिषयमा सहमति जनाएका छन ।

आगामी दिनमा बसपार्कमा सबै यातायात प्रालिका कर्मचारीहरू अनिवार्य ड्रेस र आईडी कार्डमा आउनु पर्ने, गुटका खाएर जथाभावी थुकेमा कार्वाहिको दायरामा ल्याइने यातायात कर्मचारीले यात्रुहरू तानातान गरेमा कार्यवाहीको दायरामा ल्याइने भएको छ । इलाका प्रहरी
कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीले मर्यादित यातायात व्यवसायी र सुन्दर कोहलपुर बनाउन अभियान सुरु गरेको बताए । उनले चौराहा देखी ५ सय मिटर पूर्व पश्चिम र उत्तर दक्षिण गाडी रोकेर यात्रु चढाउने र झार्ने गरेमा प्रहरीकोकार्यवाहीमा पर्ने बताए । उनले जथाभावी सावरी साधन रोक्दा कुरूप देखिनुका साथै दुर्घटनाको जोखिम बढेको भन्दै बस पार्क देखि मात्रै गाडी छुटाउन यातायात व्यवसायीलाई आग्रह गरिएको बताए ।

कोहलपुर १२ का वडा अध्यक्ष एवं कोहलपुर नगरपालिकाले गठन गरेको बसपार्क व्यवस्थापन समितका संयोजक बिरेन्द्र शाहले बसपार्क कोहलपुरको पहिचान भएको भन्दै यसलाई व्यवस्थित मर्यादित बनाउनु पर्ने बताए । उनले बसपार्क सञ्चालन र व्यवस्थापन गर्न नगरपालिकाले बनाएको ४१ बुँदे आचार संहिता बनाएको भन्दै त्यसको पर्ण पालना गर्न आग्रह गरे ।

सोको पालना नगरे कार्यवाहीको दायरामा ल्याइने बताए । बसपार्कको डिपिआरमा केही कमी कमजोरी भएका कारण समस्या आएको भन्दै आगामी दिनमा अपुग संरचना नगरपालिकाले निर्माण गर्ने जानकारी दिए । खानेपानी, शौचालय र उत्तर गेट कोहलपुर नगरपालिकाले निर्माण गर्ने उनको भनाई छ । बागेश्वरी यातायात प्रालिका मन प्रसाद आचार्यले सुन्दर कोहलपुर निर्माण गर्न सबैले हातेमालो गर्नुपर्ने भन्दै व्यवस्थित बसपार्क सबैको चासोको विषय बन्नु पर्ने बताए । उनले यातायात व्यवसायीका तर्फ बाट हुने गरेको कमी कमजोरी सच्चाएर कोहलपुर बसपार्क लाई कोहलपुरको पहिचान बनाउनु पर्ने बताए ।

Nabintech