२३ कार्तिक २०८१, शुक्रबार
बजार क्षेत्रमा ४० भन्दा बढिको स्पिडमा हुनुहुन्छ ? अव खिच्नेछ राडार गनले तपाईको फोटो !

कुन गाडी कति गतिमा गुडेको छ भन्ने राडर गनमा अङ्क देखिने र तस्बिर पनि खिचिने


  • टाइम्स संवाददाता

  • २१ कार्तिक २०८०, मंगलवार १७:१७

कोहलपुर,बाँके: जिल्ला ट्राफिक कार्यालय बाँकेले सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि मुख्य सडक खण्ड र राजमार्गको निकुञ्ज क्षेत्रका सडकमा ‘राडार गन’ सहितको चेकिङलाई तिब्रता दिएको छ । सवारी दुर्घटना मध्ये अधिकांश तीव्र गतिका कारण हुने देखिएकाले दुर्घटना न्यूनीकरणका लागि राडर गनको सहायताले जाँच शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए ।

“केही दिनदेखि हामीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र चेक गरिरहेको उल्लेख गर्दै सुबेदीले सवारी साधन तथा मानव ओहोर दोहोर गर्ने व्यस्त बजार क्षेत्रमा समेत ‘राडर गन’बाट चेकजाँच सुरु गर्न लागिएको कोहलपुर ८ गोल्छामा चेकजाँचकै क्रममा भेटिएका प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले कोहलपुर टाईम्ससंगको कुराकानिमा भने ।

राजमार्ग सँगसँगै तीव्र गतिका कारण धेरै साना सवारी साधनहरू दुर्घटना हुने क्षेत्र नेपालगञ्ज–कोहलपुर सडकखण्डमा चेकजाँच शुरु गरिएको जनाउदै सुबेदीले, “रत्न राजमार्गको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा अत्यधिक सवारी दुर्घटनाका घटनाहरू हुने क्षेत्र हो, त्यसलाई रोकथाम तथा न्यूनीकरण गर्नका लागि उक्त सडकखण्डमा राडर गनको सहायताले ट्राफिक चेकिङ सुरु गर्ने अभियानमा लागेको जिकिर गरे ।

यो सडकखण्डमा तीव्र गतिका कारण ठूला भन्दा साना दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारी साधनहरू दुर्घटना हुने गरेको पाइएकाले ती सवारी साधनहरूको गति जाँच गरेर दुर्घटना न्यूनीकरणका लागि राडर गन सहित चेकिङ सुरु गरिएको भन्दै प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले प्राय यस सडक खण्डमा लागु पदार्थ सेवन गर्ने र मादक पदार्थ सेवन गरि सवारी चलाउनेहरुकै कारण दुर्गटनामा बृद्धि भईरहेको बताए ।

अत्यधिक गतिमा सवारी चलाउँदा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न राडार गन स्पिड जाँच गर्ने लेजर गन मेसिन प्रयोग गर्दै कारबाही थालिएको छ । यो क्षेत्रमा औषत ४० घण्टा प्रति किलो मिटरको स्पिड हुनुपर्नेमा अत्याधिक स्पिडका कारण दुर्घटनाका घटनाहरु घटिरहेको बताए । सवारी दुर्घटनामध्ये अधिक्तम दुर्घटना तीव्र गतिका कारण हुने देखिएकाले दुर्घटना न्यूनीकरण गर्न जाँचमा नयाँ प्रविधि प्रयोग गरिएको सुवेदीले बताए । उनले यस राडार गनले ६० भन्दा माथि स्पिड भएका सवारी साधनको अटोमेटिक फोटो खिच्ने भएकाले पनि कारवाहि गर्न सहज हुने बताए ।

दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा सहित राडार गनले परैबाट आइरहेका तीव्र गतिका सवारी साधनबारे तत्काल सङ्केत दिने र ३ सय मिटरको दूरीमा आएपछि गति मापन गर्ने तथा त्यस्ता सवारी साधन तीव्र गतिमा छ भने सय मिटरको दूरीमा आएपछि नम्बर सहितको सवारी साधनको फोटो समेत राडर गनले खिच्ने उनले बताए ।

कुन गाडी कति गतिमा गुडेको छ भन्ने राडर गनमा अङ्क देखिने र तस्बिर पनि खिचिने भएकाले सवारी साधन चेकजाँचमा राडर गनको सहायताले सहज हुने ट्राफिक प्रहरी सहायक निरीक्षक मदन सिंह मातरको भनाई छ ।

सवारी साधन र चालकलाई कारबाही मात्रै दुर्घटना रोक्ने उपाय नभएको भन्दै ट्राफिक प्रहरी सहायक निरीक्षक  मातरले चालकलाई सीमित गतिमा आफ्नो सवारी साधन चलाउन पनि आग्रह गरे ।

बाँके ट्राफिकले चेकजाँच र कारबाही मात्रै नभएर जिल्लाका विभिन्न बिद्यालय, क्लव, संघ संस्था तथा महत्वपुर्ण ठाउँमा पुगेर ट्राफिक नियम कानुन सम्बन्धि सचेतना, ट्राफिक सचेतना बोर्ड, लापसे, मापसे लगाएतका कार्यक्रमलाई पनि निरन्तरता दिंदै आएको प्रहरी सहायक निरीक्षक मदन सिंह मातरले बताए ।

Nabintech