८ मंसिर २०८१, शनिबार
राहत पुर्याएर फर्कियो बाँकेका माननिय सहितको टोलि

जाजरकोटका ग्रामिण ईलाकाहरु पैंक, बारेकोट लगाएतका बिकट स्थानहरुमा प्रयाप्त राहत पुग्न नसकेको जन गुनासो


  • टाइम्स संवाददाता

  • २१ कार्तिक २०८०, मंगलवार १८:२३

कोहलपुर,बाँके: जाजरकोटमा गत शुक्रवार गएको भुकम्पबाट भएको मानविय क्षति र भौतिक क्षतिको अवलोकन गर्दै बाँकेबाट गएका माननिय सांसद सुर्य प्रसाद ढकाल सहितको टोलि बाँकेबाट लिएर गएको राहत सामाग्रि हस्तान्तरण गरि गृह जिल्ला फर्किएका छन ।
बाँके क्षेत्र नं. १ का माननिय सांसद सुर्य प्रसाद ढकाल, लुम्विनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद थारु, रत्न खत्रि लगाएत नेकपा एमालेका नेताहरुले जाजरकोटको स्थलगत अनुगमण गर्दै बाँकेबाट पार्टिले संकलन गरेका राहतका सामाग्रिहरु हस्तान्तरण गर्दै बाँके फकिएका हुन ।

यसैगरि जाजरकोट भुकम्प पिडितहरुलाई ,राहत पुरयाएर सम्बन्धित निकायलाई राहात सामग्रीहरु हस्तान्तरण गर्दै मेचि महाकालि संयुक्त आवाज बाँकेको टोलि समेत गृह जिल्ला बाँके फर्किएको छ । भुकम्प पिडितलाई तत्काल खान मिल्ने खाद्यान्न सामाग्रिहरु दालमोट, चिउरा, भुजा, चाउचाउ लगाएतका तयारी खानाहरु लिएर गएको संयुक्त आवाजको टोलिले जाजरकोट पिडितहरुको स्थलगत अवलोकन गर्नुका साथै पिडितहरुमाझ यथाशिघ्र आबश्यक बन्द बस्तिका सामानहरु पुरयाउन सरकार समक्ष माग समेत गरेका छन ।

राहतका सामानहरु सदरमुकाम गएर थन्किएको भन्ने जन गुनासो समेत आफुले उक्त स्थानमा पुगेर सुनेको भन्दै मेचि महाकालि संयुक्त आवाज बाँकेका उर्मिला अधिकारी पाण्डेले पिडितहरुलाई विलम्व नगरि राहत तत्काल उपलब्ध गराईनुपर्ने बताएकी छिन ।

यसैगरि जाजकरकोट भुकम्प पिडितका लागि बाँकेको कोहलपुरमा रहेको भेरी शित भण्डारले पनि जाडोको लागि न्यानो कपडा कम्वल हस्तान्तरण गर्दै बाँके फर्किएको छ ।

देशभरबाट अधिक मात्रामा राहतका सामानहरु जाजरकोट सदरमुकाम पुगेपनि ग्रामिण ईलाकाहरु पैंक, बारेकोट लगाएतका बिकट स्थानमा भने नागरिकहरु चिसो भुईमा आकाश ओढेर बस्न बाध्य भएको अनेरास्ववियु जाजरकोटका अध्यक्ष प्रकासमान सिंहले कोहलपुर टाईम्सलाई बताए ।

भुकम्प गएपछि बिभिन्न स्थानमा समुह बनाई राहत संकलन र हस्तानान्तरण गर्ने भन्दै मान्छेहरु जाजरकोट आउने जाने गरेको प्रति इंगित गर्दै अध्यक्ष सिंहले संकलित सामानहरु पठाउने ब्यबस्था गर्दै आउन जान लाग्ने खर्च समेत भुकम्प पिडितहरुलाई उपलब्ध गराउन आब्हान गरेका छन ।

Nabintech