२८ पुष २०८१, आईतवार
४९ जना भुकम्प पिडित घाईतेको भेरीमा उपचार हुदै

एक जनाको अवस्था गम्भीर


  • टाइम्स संवाददाता

  • २२ कार्तिक २०८०, बुधबार १२:०२

नेपालगन्ज :जाजरकोट भूकम्पमा घाइते भएका ४९ जनाको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । पछिल्लो १२ घण्टामा तीन जना घाइते थपिएका छन् ।  हालसम्म ५३ जना भर्ना भएकोमा एक जनाको मृत्यु भएको छ भने ३ जना डिष्चार्ज भएका छन् ।एक जनाको आइसियुमा उपचार भइरहेको जिल्ला आपतकालीन कार्यालय सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

पहिले सिकिस्त भए पनि हाल सुधारोन्मुख घाइतेको सङ्ख्या तीन र सामान्य सुधारोन्मुख घाइतेको सङ्ख्या ४५ रहेको श्रेष्ठले जानकारी दिनुभयो । एक जनाको अवस्था भने गम्भीर छ  । पछिल्लो १२ घण्टाभित्र तीन जना घाइते भेरी अस्पतालमा थपिँदा तीन जना उपचारपछि घर फर्किएको अस्पतालले जानकारी दिएको छ । आज बिहानसम्म भेरीमा ३६ महिला र २३ जना पुरुषको उपचार भइरहेको छ । यी मध्ये जाजरकोटका ३३, रुकुम पश्चिमका १४, बाँकेका दुई र सल्यानका एक जना छन् ।

Nabintech