२८ पुष २०८१, आईतवार
गोरखा युनाईटेड पब्लिक स्कुलका संस्थापक तथा सञ्चालक सदस्य वस्नेतको निधन

स्वर्गिय वस्नेतका १ छोरा ४ छोरी र धर्मपत्नि छन


  • टाइम्स संवाददाता

  • २६ कार्तिक २०८०, आईतवार १०:१५

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा रहेर बिभिन्न संघ संस्था तथा शिक्षाको क्षेत्रमा अतुलनिय योगदान दिएका राम वहादुर वस्नेतको ६३ बर्षको उमेरमा गय राति ११ बजे शिक्षण अस्पताल कोहलपुरमा निधन भएको छ । लामो समय ब्रिटिश आर्मिमा रहेर सेवा निवृत जिवन विताईरहेका वस्नेत स्थापना कालदेखि गोरखा युनाईटेड पब्लिक स्कुल कोहलपुर २ का संस्थापक तथा सञ्चालक सदस्य समेत रहदै कोहलपुरको शैक्षिक अभियानमा क्रियाशिल रहेका थिए ।

लामो समयदेखि मृगौला रोगबाट पिडित वस्नेत बाँके नेपालगन्ज साइक्लिङ क्लबका सस्थापक मात्र नभई कोहलपुरमा रहेर भुतपुर्व गोर्खाहरुलाई गोलबद्ध गराउदै उनीहरुको हक अधिकारका निम्ति नेतृत्वदायि भुमिकामा समेत रहेर काम गरेका थिए ।

कोहलपुर ११ मा रहेर केहि समय ब्यापार ब्यवसायमा समेत संबद्ध वस्नेत पछिल्लो समय समाजसेवा र बिषेश गरि शैक्षिक अभियानमा केन्द्रित रहेर क्रियाशिल रहँदा रहँदै गय राति असमायिक निधन भएको वस्नेतको पारीवारीक श्रोतले बताएको छ ।

पारीवारीक श्रोतका अनुसार वस्नेतको पार्थिव शरीरलाई उनको पुख्यौली थलो डिगियामा राखि आजै मानखोलामा हिन्दु परम्परा अनुसार अन्त्यष्टि गरिने बताईएको छ । स्वर्गिय वस्नेतका १ छोरा ४ छोरी र धर्मपत्नि छन ।

स्वा. बस्नेतको निधनले विद्यालयले निकै मेहनती, एक होनहार शिक्षाप्रेमी गुमाएको गोरखा युनाईटेड पब्लिक स्कुलका संस्थापक अध्यक्ष केशर बहादुर आले मगरले बताएका छन । उनको देहान्तलाई लिएर नेकपा एमाले नगर कमिटि अध्यक्ष नम प्रसाद शर्माले कोहलपुरले एक असल ब्यक्ति गुमाउनु परेकोमा दुख ब्यक्त गरेका छन ।

यसैगरि नेपालगन्ज साइक्लिङ क्लबका सतिस निरौलाले स्वस्थ्य शरीर र स्वस्थय समाज निर्माणमा विश्वास गर्ने साइक्लिङका सहयोद्धा गुमाएकोमा दुख ब्यक्त गरेका छन । कोहलपुर टाईम्स परिवार पनि स्वर्गिय राम बहादुर वस्नेतको स्वर्ग वासको कामना सहित हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछ ।

Nabintech