दाङ:दाङबाट काठमाडौ जाँदै गरेकाे बस रूपन्देहीमा दुर्घटनामा परेकाे छ । दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् । रूपन्देही प्रहरीका अनुसार दुर्घटनामा दाङकाे शान्तिनगर गाउपालिका वडा नम्बर ५ का २९ वर्षका बिरेन्द्र चौधरी र सल्यानकाे कपुरकाेट गाउँपालिका वडा नम्बर ५ का ४० वर्षकी रिखी साहु गम्भीर घाइते हुनुभएको छ । दुवै जनाकाे टाउकोमा गम्भीर चोट लागेकाे प्रहरीले जनाएकाे छ ।
बस सडकबाट ४ मिटर तल पल्टिएकाे छ । प्रहरीका अनुसार बसमा सवार ३८ जना यात्रु सवार थिए । ति मध्ये २० जना घाईते भएकोमा २ जना सिरियस ५ जना मध्यम् र बाकीकाे अवस्था सामान्य रहेको छ ।
दुर्घटनामा घाईते भएकाकाे देवदह मेडिकलमा उपचार भईरहेकाे छ ।
दुर्घटनामा परी पाँच जनाकाे अवस्था मध्यम रहेकाे छ । मध्यम घाईतेकाे बिवरण :
१.रोल्पा होलेरी गा.पा ७ बस्ने बर्ष ५६ को प्रेम चलाउने छाती र दाया घुडामा चोट अबस्था मध्यम् २.दाङ तुल्सिपुर उप महानगरपालीका १४ बस्ने बर्ष २५ की पुर्णीमा डागी निधारमा चोट अबस्था मध्यम्
३.नुवाकोट बिदुर न.पा १० बस्ने बर्ष २१ की संगिता मोक्तान निधारमा चोट अबस्था मध्यम्
४. सल्यान कपुरकोट गा.पा वडा नं. १ बस्ने बर्ष ११ को प्रेम रावत टाउकोमा चोट अबस्था मध्यम्
५.रोल्पा गंगादेव गा.पा वडा न २ बस्ने बर्ष २४ को भिम ओली टाउकोमा चोट मध्यम्
यसैगरी १३ जना सामान्य घाईते भएकाे प्रहरीले जनाएको छ ।
थप अपडेट सामान्य घाईतेहरु:-
१ जि.सल्यान कपुरकोट गा.पा ५ बस्ने बर्ष ७ कि दिपिका साहु सामान्य ।
२ जि.रोल्पा होलेरी गा.पा ७ बस्ने बर्ष ७ को रण ब.चलाउने गाया कान र कुममा चोट सामान्य
३जि.नुवाकोट बिदुर न.पा १० बस्ने बर्ष २६ को नवराज मोक्तान दाया कानमा चोट सामान्य
४ ऐ.ऐ.बस्ने बर्ष १ को बिस्वास मोक्तान सामान्य
५ जि.दाङ तुल्सिपुर उ.म.न.पा १४ बस्ने बर्ष ३२ को सरद ओली टाउकोमा चोट सामान्य
६ जि.दाङ शान्तनगर गा.पा ३ बस्ने बर्ष २७ की समिक्षा गाहा सामान्य
७जि.सल्यान वनगाड गा.पा ९बस्ने बर्ष २४ को तिलक बुढाथोकी घाटीमा चोट सामान्य
८जि.सल्यान कपुरकोट १ बस्ने बर्ष ३५ को प्रकास राउत दाया कुममा दुखाई सामान्य
९ जि.सप्तरी राजबिराज न.पा १२ बस्ने बर्ष ६० को शिब नारायण रजत सामान्य
१० जि सप्तरी राजबिराज न.पा १२ बस्ने बर्ष ६० की ललिता देवी रजत सामान्य
११ जि.दाङ घोराही उ.म.न.पा ९ बस्ने बर्ष १७ को राहुल शाह दाया कुममा दुखाइ सामान्य
१२ ऐ.ऐ बस्ने बर्ष २० की मनिका योगी सामान्य
१३ जि.दाङ बबई गा.पा ५ बस्ने बर्ष २७ कि देबीका बि.एम (बुढामगर ) सामान्य