कोहलपुर,बाँके: शुभ दिपावलिका अवसरमा तिहार बिशेष देउसी भैलो स्नेह मिलन एबं जेष्ठ नागरिक सम्मान कार्यक्रम कोहलपुरमा सम्पन्न भएको छ । कोहलपुर वडा नं.५ मा रहेको ओम श्री दुर्गामाता मन्दिर व्यवस्थापन समिति र महिला जागरण महिला समूहको संयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दीपबहादुर शाहीले तिहारको अबसरमा खेलिएको भैलीबाट उठेको रकमबाट केहि रकमले बनभोज कार्यक्रमको आयोजना गर्ने र केहि रकमले जेष्ठ नागरिकलाई सम्मान गरिएको बताए । जेष्ठ नागरिकको सम्मान गरेको खण्डमा मात्र आफु र आफुभन्दा पछिका पिढिहरुलाई मार्गदर्शन गर्न सकिने भएकाले यस्तो कार्यको सुरुवात गरेको बताए ।
कार्यक्रममा बोल्दै जेष्ठ नागरिक हरिप्रसाद उपाध्यायले आफु लामो समय यो समाजमा बसोबास गरेको र यस्तो राम्रो काम अहिलेसम्म कसैले पनि नगरेको बताउदै उनले समाजमा केहि गर्ने भनि अगाडी आएका यूवाहरु दिपबहादुर शाही र वडा अध्यक्ष दीपेन्द्र श्रेष्ठ जस्ता ब्यक्तिहरुको प्रयासबाट यस्तो कार्यको सुरुवात भएको समेत जिकिर गरे । आगामी दिनहरुमा पनि वडा अध्यक्षको पहलमा आफुहरुका लागि समय बिताउने ठाँउको पनि व्यवस्थापन हुनेमा आफुहरु ढुक्क रहेको उपाध्यायको थप कथन रहेको छ ।
यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि वडा नं.५ का अध्यक्ष दीपेन्द्र श्रेष्ठले आफुहरु समाजमा रहेका जेष्ठ नागरिक , यूवा र भाबि पुस्ताका लागि बिशेष रुपमा काम गरिरहेको बताए । वडामा आउने बजेटका आधारमा सबै वर्गलाई समान ब्यवहारका साथ काम र योजना बनाउदै आएको बताउदै श्रेष्ठले दुर्गामाता मन्दिरका लागि पनि वडाबाट पहल गरिरहेको बताए । जेष्ठ नागरिक सम्मान कार्यक्रममा वडा नं. ५ मा रहेका करिब २४ जना भन्दा बढि जेष्ठ नागरिकहरुलाई दोसल्ला र सम्मान पत्रका साथ सम्मान गरिएको थियो । कार्यक्रममा बिभिन्न पेशा आबद्ध र समाजका अगवाुहरुले समेत आफ्नो मन्तब्य राखेका थिए ।