८ मंसिर २०८१, शनिबार
घाईते लक्ष्मिको बिलौना, चिसोले मार्न लाग्यो

  • टाइम्स संवाददाता

  • २ मंसिर २०८०, शनिबार १६:५५

कोहलपुर,बाँके: जाजरकोटमा गएको भुकम्पमा परि घाईते लक्ष्मि सुनार यतिबेला आफु र आफनो परिवारलाई चिसोवाट कसरी बचाउने भन्नेमा चिन्तित छिन । कार्तिक १७ गते गएको भुकम्पले उनको घर पुरै भत्कियो । घाईते सुनार सुर्खेतमा उपचार पश्चात अहिले आफनै थातथलो भेरी नगरपालिका वडा नं. ११ मटेलामा छिन । खाने बस्ने र १ थान बलेङकेट सरकारले राहत स्वरुप दिएपनि बढ्दो चिसोले भने उनीहरुलाई चिन्तित तुल्याएको छ ।

दुर्घटनामा परि श्रीमान गुमाएपछि जेनतेन एकल जिवन विताईरहेकी सुनारलाई भुकम्पले थप पिडा थपिदिएको छ । आफु हिडडुल गर्न नसक्ने सरकारी काममा छोरा छोरी पठाएर नहुने भएपछि उनी झन दिकदार भएकी छिन । आफु सहित चार जनाको परिवारलाई दिएको १ थान बलेङकेट, र त्रिपालले रात कटाउन मुस्किल भएपछि राहतको आशमा वडा नं. ११ को कार्यालयमा आफनो छोरालाई पठाएकी सुनार छोरो रित्तो हात फर्किउपछि भने खिन्न भएकी छिन । सिफारीस लिन आफै जानुपर्ने वडावाट जवाफ आएपछि म घाईते हिडडुल गर्न त सक्दैन घण्टौ लाएर वडामा कसरी जाउ सुनारले सुनाईन ।

घर भत्केको यतिका दिन बितिसक्दा पनि त्यो खण्डहर घर भित्रका सामान निकाल्न उनले वडा समक्ष राखेको भएपनि वडाले नेपाल आर्मि एबं उद्धार टोलि आएर गर्छ भन्ने जवाफ पाएको भन्दै घरबाट कम्तिमा पनि ओढने ओछ्याउने लिएर आउन पाए त यो चिसोबाट बचिन्छ कि भन्ने आशामा छिन ।

स्मरण रहोस जाजरकोट ५।७ म्याग्निच्युडको भूकम्पमा परि १५७ जनाको ज्यान गएको थियो भने कम्तिमा ३७५ जना घाइते भएका थिए । मानविय उद्धार सकिएसगै जाजरकोट जिल्ला प्रशासन कार्यालयले बिभिन्न दल, स्वंयमसेवी संस्था र ब्यक्ति मार्फत पुनरनिर्माणको कामलाई निरन्तरता दिईरहेको छ ।

Nabintech