२४ कार्तिक २०८१, शनिबार
गुडिरहेको जिपमा एक्कासि आगलागी

  • टाइम्स संवाददाता

  • २ मंसिर २०८०, शनिबार १७:१६

नेपालगन्ज: बाँकेको कोहलपुरदेखि सुर्खेततर्फ जाँदै गरेको जिपमा एक्कासी आगलागी भएको छ । सुर्खेततर्फ जादै गरेको भे १ च ४४७० नं. को जिपमा एक्कासी आगलागी भएको हो । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ को देउरालीडाँडामा गुडिरहेको जिपमा विहान ७ बजे आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी हुँदा नजिकैको प्रहरी र नेपाली सेनालाई खबर गरिएको गाडीमा मालिक लक्ष्मीराज अधिकारीले बताए ।

सुर्खेततर्फ जाँदै थियो एक्कासी धुँवा आयो हेर्दा त दनदनी आगो बल्यो उनले भने । निभाउन प्रयास गरियो जंगलमा न पानी न केही सुविधा भएको कारण निभाउन सकिएन उनले थपे । विहान ७ बजे लागेको आगो साँझा ३ बजेसम्म आगो दन्किरहेको थियो । आगलागीबाट सोनालिका कम्पनीको राइनो आरएक्स जिप खरानी भएको गाडी मालिक अधिकारीले बताए ।

Nabintech